
Category: 'हाम्रो झापा'

बिर्तामोडमा व्यवसायीको चुनावः स्वतन्त्र व्यावसायिक प्यानलको सम्पर्क कार्यालय स्थापना
बिर्तामोड, माघ २९ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । बिर्तामोडमा सोमबार (आज) सम्पर्क कार्यालयको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले […]
राष्ट्रिय ब्याडमिन्टनको उपाधि क्षेत्री र लिङथेप तथा गुरुङ र कपालीको जोडीलाई
बिर्तामोड, माघ २९ । बिर्तामोडमा भएको पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि निश्चल क्षेत्री र पविन लिङथेपको जोडी तथा प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले उचालेको छ । आज बिर्तामोडको मेहरमान […]
ओमसाई हस्पिटलमा ड्युटी गरेकै बेला सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु
भद्रपुर, माघ २९ । भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा ड्युटी गर्दागर्दै सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–६ निवासी कुमार बोगटीको आज बिहान ५ः१५ बजे हृदयाघातको कारण मृत्यु भएको हस्पिटलले जनाएको छ । हस्पिटलको […]
बिर्तामोडमा एक युवकको शव भेटियो
बिर्तामोड, माघ २९ । झापाको बिर्तामोडमा एक युवकको शव भेटिएको छ । बिर्तामोड नगरपालिका–१० स्थित पश्चिम विराटपोखरको पुरानो निर्माणाधीन घरनजिकै टहराभित्र आज बिहान युवकको शव भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए […]
बिर्तामोडमा बढ्यो व्यवसायीको चुनावी सरगर्मी, ५६०० मतदाता
बिर्तामोड, माघ २९ । अघिल्लो निर्वाचनमा भन्दा झन्डै एक हजार संख्यामा सदस्य (मतदाता) भएपछि बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोमाञ्चक बन्ने भएको छ । यसअघिका निर्वाचनमा भन्दा योपालि तीव्र प्रतिस्पर्धा हुने पनि देखिएको छ […]
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल आज
बिर्तामोड, माघ २९ । पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि आठवटै जोडीले दाबी गरेका छन् । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुने फाइनल खेलमा दुवै विधाका प्रतिस्पर्धीहरुले फाइनलको यात्रा तय […]
बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट कर्मचारी र जग्गादातालाई सम्मान
बिर्तामोड, माघ २८ । बिर्तामोड नगरपालिकाले उत्कृष्ट कर्मचारीसहित जग्गादातालाई सम्मान गरेको छ । आज (आइतबार) वडा नम्बर ७ स्थित सहिद नेत्रपार्कमा आयोजित नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशनका अवसरमा उत्कृष्ट कर्मचारी तथा जग्गादातालाई सम्मान गरेको हो […]
झापाका कटवाल मकैबारीमा मृत भेटिए
बिर्तामोड, माघ २८ । झापाको झापा गाउँपालिका-६ दुर्गाचोकमा एक व्यक्ति मृत अवस्था भेटिएका छन् । आज दिउँसो २ः४५ बजेको समयमा झापा गाउँपालिका ६ दुर्गाचोकमा सोही गाउँपालिकाको मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय रोहितबहादुर कटवाल मृत भेटिएका […]
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
बिर्तामोड, माघ २८ । झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो । […]