Category: 'हाम्रो झापा'
बिर्तामोड-१ द्वारा जीविकोपार्जनका लागि राजवंशीलाई ठेला प्रदान
बिर्तामोड, मंसिर १२ । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रमअन्तर्गत सहयोग सुरु गरेको छ ।वडाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि गरिब तथा विपन्न परिवारलाई सहयोग सुरु गरेको हो । वडा नम्बर-१ […]
अर्जुनधाराका तामाङ खैरो हेरोइनसहित पक्राउ
बिर्तामोड, मंसिर १२ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै मानिसलाई लागुऔषध र मोटरसाइकलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित अर्जुनधारा-११ का ४८ […]
एकाबिहानै दुखद खबरः सडक दुर्घटनामा शिवसताक्षीका थापाको मृत्यु
बिर्तामोड, मंसिर १२ । झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज एकाबिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा भएको पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु […]
काँकरभिट्टामा ७०० केजी अवैध लसुन बरामद
बिर्तामोड, मंसिर १२ । प्रहरीले झापाको मेचीनगरबाट भारततर्फ तस्करीका लागि तयार गरिएको अवैध लसुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाँसझ्याङमा अवैध रुपमा ल्याएर लुकाइछिपाई […]
सिलिगुडी-चारआली पेट्रोलियम पाइपलाइनको जिम्मा महतोलाई
बिर्तामोड, मंसिर १२ । नेपाल आयल निगमले भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन आयोजना हेर्ने जिम्मा इन्जिनियर सुरेन्द्र महतोलाई दिएको छ । महतो इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा कार्यरत छन् । निगममा १५ वर्षदेखि कार्यरत […]
गौहत्यामा संलग्न बाह्रदशीका आलम पक्राउ
बिर्तामोड, मंसिर ११ । झापाको कनकाईमा गौहत्यामा संलग्न भएको आरोपमा एकजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । कनकाई-३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो । गौहत्यामा संलग्न बुदोना आलमलाई पक्राउ गरिएको हो । बाह्रदशीका उनी […]
धुलाबारी बजारका अतिक्रमित क्षेत्र नगरपालिकाले भत्काउँदै
मेचीनगर, मंसिर ११ । मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल लगायतका संरचना भत्काउन सुरु गरेको छ । आज बिहान ११ बजेबाट मेचीनगर-१० स्थित धुलाबारी बजारभित्र सडक अतिक्रमण गरेर बनाइएका घर […]
बिर्तामोड झापा कपका लागि ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११
बिर्तामोड, मंसिर ११ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका […]
उद्योग वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा रुपक श्रेष्ठ विजयी
दमक, मंसिर ११ । झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज शाखाको अध्यक्षमा व्यवसायी रुपक श्रेष्ठ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी रमेशप्रसाद राजवंशीलाई ३३ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले […]


