Category: 'हाम्रो झापा'
झापाका विद्यार्थीले बनाएको मोबाइल एप्स १३ लाखमा बिक्री
बिर्तामोड, भदौ २४ । झापाका तीनजना विद्यार्थीले बनाएको मोबाइल एप्लिकेसन इजरायली कम्पनीले खरिद गरेको छ । उनीहरु मेची बहुमुखी क्याम्पस भद्रपुरका बिसिएका विद्यार्थी हुन् । उक्त एप्लिकेसन विद्यार्थीहरु बिर्तामोड-९ का उत्सव दाहाल, भद्रपुर-९ का तेज […]
अटोले ठक्कर दिँदा बिर्तामोडका खरेल गम्भीर घाइते
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा आज दिउँसो भएको सडक दुर्घटनामा एक ज्येष्ठ नागरिक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको बिर्तामोडस्थित अदुवापुलछेउमा तीनचक्के अटोले ठक्कर दिँदा बिर्तामोड-२ का ७४ वर्षीय सुरेश खरेल गम्भीर घाइते भएका […]
झापा जिल्ला हक्की संघको पुनर्गठन
बिर्तामोड, भदौ २४ । एक वर्षअघि गठन भएको झापा जिल्ला हक्की संघ पुनर्गठन भएको छ । अध्यक्षमा पुनः मनोज बुढाथोकी चयन भएका छन् । उनी संघको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । […]
दोमुखामा एकजनाको शव भेटियो
बिर्तामोड, भदौ २४ । झापाको दोमुखामा बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ । भद्रपुर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसँगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् […]
दोमुखामा पौडी खेल्न गएका भद्रपुरका दुईजना किशोर बेपत्ता
बिर्तामोड, भदौ २४ । झापा शिवसताक्षीको दोमुखास्थित ड्याममा पौडी खेल्न गएका चारमध्ये दुईजना किशोर बेपत्ता भएका छन् । सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी […]
भद्रपुर रनमा १२ वर्षमाथिका खेलाडीलाई सहभागी गराइने
बिर्तामोड, भदौ २४ । भद्रपुरमा हुन गइरहेको दौड प्रतियोगितामा १२ वर्षमाथिका विद्यार्थीलाई सहभागी गराइने भएको छ । भद्रपुर नगरपालिकाअन्तर्गतका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक एवम शिक्षक प्रतिनिधि सम्मिलित आयोजक समितिसँगको आज बसेको समन्वय बैठकले त्यस्तो […]
काँकरभिट्टाबाट तीनवटा कारसहित तीनजना भारतीय पक्राउ
मेचीनगर, भदौ २३ । मेचीनगरको काँकडभिट्टा नाकाबाट ३ वटा कारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले अवैध रुपमा भारतबाट नेपालपतर्फ सामान ल्याउदै गरेको […]
झापालीको रकम लुट्ने सातजना पक्राउ
बिर्तामोड, भदौ २३ । घुम्न गएका झापा बाह्रदशीका दुईजना युवाका साथबाट रकम लुट्ने सातजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । झापा बाह्रदशी–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतका साथबाट दुई लाख […]
लेखा अधिकृत गिरीद्वारा सामाजिक संस्थालाई स्मार्ट टिभी प्रदान
बिर्तामोड, भदौ २३ । सामाजिक कार्यलाई निरन्तरता दिँदै झापा अर्जुनधारा-५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् । अर्जुनधारा ५ स्थित पानीकलमा रहेको बागेडाँगी सामुदायिक […]


