Category: 'हाम्रो झापा'
बसपार्कको ग्यारेजमा आगलागी हुँदा ९ लाखको क्षति
बिर्तामोड, असार ९ । झापाको अर्जुनधारा-११ मा रहको बिर्तामोडको नयाँ बसपार्कमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए । आज बिहान […]
मानवअधिकार प्रतिष्ठान झापाको नयाँ समिति
बिर्तामोड, असार ९ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाको अध्यक्षमा तोयानाथ काफ्ले चयन भएका छन् । संगठनको बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले नयाँ समिति चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षहरुमा सरस्वती भुर्तेल खनाल, भवानीप्रसाद लुइँटेल र […]
कोशी प्रदेशको पुरुष हक्की टिमको बिर्तामोडमा विदाइ
बिर्तामोड, असार ८ । गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज कोशी प्रदेशका पुरुष खेलाडीहरुलाई […]
विद्यालय-समुदाय सम्बन्ध बढाउन देवी माविका शिक्षकको साइकल र्याली
बिर्तामोड, असार ८ । विद्यार्थीको आकर्षणको केन्द्र रहेको झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले आज शनिबार साइकल र्याली सञ्चालन गरेको छ । विद्यालय-समुदाय सम्बन्ध कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षक तथा कर्मचारीहरू साइकल र्यालीमा सहभागी भएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले […]
मेचीपुलबाट खैरो हेरोइनसहित दमकका सुनुवार पक्राउ
मेचीनगर, असार ८ । प्रहरीले झापाको काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल आउँदै गरेका दमक ४ का २७ वर्षीय बिर्जेस सुनुवारमाथि शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका […]
मेचीनगरमा मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते
मेचीनगर, असार ८ । झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज एकाबिहानै मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएकाले उपचार भइरहेको छ झापा प्रहरीले जनाएको छ । आज […]
भद्रपुरको निःशुल्क आँखा शिविरमा ८५० को जाँच
भद्रपुर, असार ७ । भद्रपुरमा शल्यक्रियासहितको तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सरिया परिवारको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन भएको हो । भद्रपुर […]
बिर्तामोडमा अंग्रेजी विषयको कार्यशाला
बिर्तामोड, असार ७ । बिर्तामोड नगरपालिकाले गठन गरेको अंग्रेजी विषय समितिले शुक्रबार बिर्तामोडको महेन्द्ररत्न माविमा अंग्रेजी विषयक एक दिने अन्तरक्रिया तथा कार्यशाला सञ्चालन गरेको छ । कार्यशालामा बिर्तामोड नगर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका ४० […]
अंशुको तेह्रौँ पुण्यतिथिमा आश्रमका आमाबुवालाई खाना
बिर्तामोड, असार ७ । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारको क्रममा ज्यान गुमाएका बिर्तामोड ४ का अंशु श्रेष्ठको तेह्रौँ पुण्यतिथिको अवसरमा परिवारका सदस्यले आश्रमका ज्येष्ठ नागरिकलाई खाना खुवाएका छन् । सन्तान वियोगको पीडामा रहेका अंशुका […]



