Category: 'हाम्रो झापा'
हात्तीको आक्रमणबाट भाग्दा बिर्तामोडका मर्डी घाइते
बिर्तामोड, असार ९ । झापाको बिर्तामोड नगरपालिका–८ मा जंगली हात्तीको आक्रमणबाट भाग्दा एकजना मानिस घाइते भएका छन् । प्रहरीका अनुसार हात्ती आक्रमणमा जोगिन भाग्दा बिर्तामोड –८ शुक्रबारे टोलका ५५ वर्षीय सुफल मर्डीे रहेका छन् । […]
सशस्त्र प्रहरीद्वारा जोरसिमलमा साढे तीन लाखको इलेट्रोनिक्स सामान बरामद
बिर्तामोड, असार ९ । सशस्त्र प्रहरीले मेचीनगरबाट भन्सार छलेर नेपाल भित्र्याइएको साढे तीन लाख मूल्यबराबरको मोबाइल पार्ट्स र अन्य सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टर झापा […]
कनकाईबाट ठुलो परिमाणमा लागुऔषधसहित महिला पक्राउ
बिर्तामोड, असार ९ । झापाको कनकाईबाट ठुलो परिमाणमा लागुऔषधसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई नगरपालिका ४ कृषिमार्ग, नमुना टोलकी ४० वर्षीया बिमला चौधरी रहेकी छन् […]
बिर्तामोडको बजेट एक अर्ब ५१ करोड ८३ लाख
बिर्तामोड, असार ९ । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँबराबरको बजेट प्रस्ताव गरेको छ । यो बजेट सामाजिक सुरक्षा भत्ताबाहेक हो । आजदेखि सुरु […]
असार पहिलो सातासम्म झापामा ३ प्रतिशत रोपाइँ
बिर्तामोड, असार ९ । धान सुपरजोन घोषणा भएको झापामा मनसुन सक्रिय नहुँदा रोपाइँको अवस्था निराशाजनक रहेको छ । हालसम्म करिब ३ प्रतिशत रोपाइँ भएको छ । झापामा असार १ गतेदेखि नै धान रोपाइँ सुरु भएको […]
झापामा सासू र सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती गर्ने तीनजना पक्राउ
बिर्तामोड, असार ९ । झापाका विभिन्न तीन पालिकाबाट प्रहरीले जबरजस्ती करणीको आरोपमा तीनजनालाई पक्राउ गरेर अनुसन्धान सुर गरेको जनाएको छ । पक्राउ पर्नेमा हल्दिबारी, कचनकवल र झापा गाउँपालिकाका छन् । उनीहरुले विभिन्न उमेर समूहका फरक […]
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
मेचीनगर, असार ९ । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत […]
बिर्तामोडमा दुई वर्षपछि फर्कियो लम्पी स्किनः पाँच चौपाया मरे, खोप अभियान तीव्र
बिर्तामोड, असार ९ । झापाको बिर्तामोडमा लम्पी स्किनका कारण पाँचवटा चौपाया मरेका छन् । पाँच सयभन्दा बढी चौपाया संक्रमित रहेको पशु प्राविधिकहरुले जनाएका छन् । दुई वर्षअघि महामारीकै रूप लिएर नियन्त्रणमा आएको लम्पी स्किन रोग […]
झापा आउँदै गरेको मोटरसाइकल रोङमा दुर्घटना, दुईजनाको मृत्यु
बिर्तामोड, असार ८ । झापातर्फ आउँदै गरेको मोटरसाइकललाई झापाबाट इलामतर्फ गइरहेको ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका १ का अन्दाजी २६ वर्षे मदनबहादुर बोहरा […]



