Category: 'हाम्रो झापा'
औद्योगिक पार्कको ३०० बिघामा भारतीयको मकैखेती, प्रशासन बेखबर
दमक, बैशाख १८ । नेपाल–चीनमैत्री औद्योगिक पार्कको तीन सय बिघा जग्गामा भारतीयले अवैध रूपमा मकैखेती गरिरहे पनि प्रशासनले अवरोध गर्न सकेको छैन । मकैखेती भएकोबारेमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र जिल्ला प्रशासन दुवै जानकार छन् । […]
कोशीमा सहकारीको एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न रोक
बिर्तामोड, बैशाख १८ । कोशी प्रदेश सरकारले सहकारी संस्थाको एउटै पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित हुन रोक लगाएको छ । प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गर्दै पदाधिकारीमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्था गरेको हो […]
चारआली दुर्घटनामा मृत्यु हुने बराल गाविसका पूर्वउपाध्यक्ष
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मृत्यु भएका टंकप्रसाद बराल गाविसका पूर्वउपाध्यक्ष रहेको खुलेको छ । अर्जुनधाराका युवा लबकुश गौतमका अनुसार बराल साविक शनिश्चरे गाउँ विकास समितिका पूर्वउपाध्यक्ष हुन् । उनी […]
भण्डारी र भुर्तेललाई ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान’
बिर्तामोड, बैशाख १७ । यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्य भुर्तेललाई प्रदान गरिने भएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको […]
मेचीनगरमा ट्रकले ठक्कर दिँदा अर्जुनधाराका बरालको मृत्यु
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट मृत्यु हुनेमा झापा अर्जुनधारा-१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल रहेका छन् । दुर्घटनामा घाइते बराललाई उपचारको लागि […]
बिर्तामोड फुट–७ कप खुला फुटसलको तयारी पूरा
बिर्तामोड, बैशाख १७ । झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ […]
भद्रपुरमा पिकअपको ठक्करबाट राजवंशीको मृत्यु
बिर्तामोड, बैशाख १७ । झापाको भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भद्रपुर–१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ साढे […]
अर्जुनधारामा श्रीमतीसँग झगडा हुँदा श्रीमानले काटे ब्लेडले घाँटी
बिर्तामोड, बैशाख १७ । झापाको अर्जुनधारामा एक युवाले श्रीमतीसँग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेको प्रहरीले जानकारी दिएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ नारायणचोक बस्ने २१ वर्षीय दिपक टुडूले हिजो राति ९ः३० बजेतिर […]
आज पनि पूर्वी नेपालमा वर्षा हुने अनुमान
बिर्तामोड, बैशाख १७ । पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावले आज पनि पूर्वी नेपालमा वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सो प्रभावले कोशी प्रदेशका […]



