
Category: 'हाम्रो झापा'

एकाबिहानै दुखद खबरः सडक दुर्घटनामा शिवसताक्षीका थापाको मृत्यु
बिर्तामोड, मंसिर १२ । झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज एकाबिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा भएको पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु […]
काँकरभिट्टामा ७०० केजी अवैध लसुन बरामद
बिर्तामोड, मंसिर १२ । प्रहरीले झापाको मेचीनगरबाट भारततर्फ तस्करीका लागि तयार गरिएको अवैध लसुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाँसझ्याङमा अवैध रुपमा ल्याएर लुकाइछिपाई […]
सिलिगुडी-चारआली पेट्रोलियम पाइपलाइनको जिम्मा महतोलाई
बिर्तामोड, मंसिर १२ । नेपाल आयल निगमले भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन आयोजना हेर्ने जिम्मा इन्जिनियर सुरेन्द्र महतोलाई दिएको छ । महतो इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा कार्यरत छन् । निगममा १५ वर्षदेखि कार्यरत […]
गौहत्यामा संलग्न बाह्रदशीका आलम पक्राउ
बिर्तामोड, मंसिर ११ । झापाको कनकाईमा गौहत्यामा संलग्न भएको आरोपमा एकजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । कनकाई-३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो । गौहत्यामा संलग्न बुदोना आलमलाई पक्राउ गरिएको हो । बाह्रदशीका उनी […]
धुलाबारी बजारका अतिक्रमित क्षेत्र नगरपालिकाले भत्काउँदै
मेचीनगर, मंसिर ११ । मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल लगायतका संरचना भत्काउन सुरु गरेको छ । आज बिहान ११ बजेबाट मेचीनगर-१० स्थित धुलाबारी बजारभित्र सडक अतिक्रमण गरेर बनाइएका घर […]
बिर्तामोड झापा कपका लागि ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११
बिर्तामोड, मंसिर ११ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका […]
उद्योग वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा रुपक श्रेष्ठ विजयी
दमक, मंसिर ११ । झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज शाखाको अध्यक्षमा व्यवसायी रुपक श्रेष्ठ निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी रमेशप्रसाद राजवंशीलाई ३३ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले […]
कमल र गौरीगञ्जबाट लागुऔषधसहित चारजना पक्राउ
बिर्तामोड, मंसिर ११ । झापा प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलका ३८ वर्षीय सन्देश बस्नेत, गौरीगञ्ज-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ […]
अल्बानिया पठाइदिने भन्दै ठग्ने बाह्रदशीका राजवंशी पक्राउ
बिर्तामोड, मंसिर १० । प्रहरीले वैदेशिक रोजगार ठगीको आरोपमा झापाका एकजनालाई काठमाडौँबाट पक्राउ गरेको जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार झापा बाह्रदशी-३ का ४१ वर्षीय कार्तिकलाल राजवंशीलाई दरबारमार्गबाट पक्राउ गरिएको हो । […]