Category: 'हाम्रो झापा'

बर्खा स्मृति क्रिकेटः झापा र मेचीनगर विजयी
बिर्तामोड, माघ १३ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा झापा गाउँपालिका र मेचीनगर नगरपालिका विजयी भएका छन् । शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाबीचको खेलको निर्णय सुपर ओभरबाट लिइएको […]
टेबल टेनिस संघ झापाको अध्यक्षमा अग्रवाल
बिर्तामोड, माघ १३ । झापा जिल्ला टेबल टेनिस संघको अध्यक्षमा पूर्वखेलाडी बिर्तामाडका सन्तोष अग्रवाल चयन भएका छन् ।२०७२ सालदेखि निष्क्रिय रहेको संघ पुनर्गठन गर्दै अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा […]
आलुखेती प्रवर्धन गर्दै भद्रपुर नगरपालिका
बिर्तामोड, माघ १३ । भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तिमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा दुई हजार रुपैयाँ अनुदान दिएको थियो । नगरप्रमुख […]
बिर्तामोडको गायत्री मन्दिरमा ९२ संघसंस्थाको अपनत्व, साझा धरोहर बनाइने
बिर्तामोड, माघ १३ । कोशी प्रदेशमै पहिलोपटक बिर्तामोडको अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा विकसित गरिने भएको छ । अढाई करोड रुपैयाँको लागतमा बनेको आकर्षक गायत्री माताको मन्दिरलाई हरेक जातजाति, […]
दमकमा १ लाख ७६ हजारसहित ७ जना जुवाडे पक्राउ
बिर्तामोड, माघ १३ । झापाको दमकमा जुवा खेलिरहेका सातजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । दमक–१० सेतुमारीस्थित खेतमा टिनको छानो भएको वरिपरि घेराबारा नभएको खुला गोठमा जुवा खेलिरहेका अवस्थामा उनीहरु हिजो मध्यरातमा पक्राउ परेका हुन् […]
झापाका तीन क्रिकेटर यु–१९ विश्वकप छनोटको प्रथम चरणमा
बिर्तामोड, माघ १२ । झापाका तीनजना युवा क्रिकेटर आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटको प्रथम चरणमा परेका छन् । झापा दमकका सुजनप्रसाद घिमिरे र भूपाल दंगाल तथा काँकरभिट्टाका आशिक राना मगर अन्तिम ३६ जनाको क्लोज […]
आदर्शका विद्यार्थीलाई छात्रवृत्ति
बिर्तामोड, माघ ११ । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले जेहेन्दार, आदिवासी तथा सीमान्तकृत समुदायका आफ्ना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिकसत्रको सुरुमै घोषणा गरेको छात्रवृत्तिलाई आन्तरिक परीक्षाको नतिजापछि घोषणा गरिएको कलेजका आउटरिच कोर्डिनेटर दिपक […]
बर्खा स्मृति पुरुष क्रिकेटको उद्घाटन खेलमा भद्रपुरको शानदार सुरूवात
बिर्तामोड, माघ ११ । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरले दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले हराएको […]
बिर्तामोड र आयोजक फिदिम भेट्रान्सको फाइनलमा
बिर्तामोड, माघ ११ । फिदिममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक फिदिम भेट्रान्स क्लब र रेड स्टार फुटबल क्लब बिर्तामोड झापा भिड्ने भएका छन् । फिदिम माविको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो […]