Category: 'हाम्रो झापा'
दमकमा रातिराति मापसे, लापसे गर्ने ५० जना पक्राउ
दमक, जेठ २४ । झापाको दमकमा प्रहरीले एकै दिन अनाधिकृत गतिविधि गर्ने, लागुऔषध सेवन गर्ने र मदिरा पिएर हिँड्ने ५० जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले स्विप अपरेसन गरेर एकैरात ५० जनालाई […]
बुद्धशान्तिमा कट्टेलले हाने आफ्नै शरीरमा चक्कु
बिर्तामोड, जेठ २४ । आफ्नै शरीरमा चक्कु हानेर घाइते बनाएका झापाको बुद्धशान्तिका एक व्यक्तिलाई उपचारका लागि बुधबारे ल्याइएको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर–१ साधुकुटीका ५३ वर्षीय टंकनाथ कट्टेलले आफ्नै शरीरमा चक्कु प्रकार […]
बिर्तामोडमा संसदीय पत्रकारिता तालिम
बिर्तामोड, जेठ २४ । झापाको बिर्तामोडमा संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोगसम्बन्धी तालिम सुरु भएको छ । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा भएको तालिममा प्रदेशसभा सदस्य र झापाली पत्रकारबीच अन्तर सम्वाद र छलफल […]
अर्जुनधारामा पोखरीमा डुबेर दुई बालकको मृत्यु
बिर्तामोड, जेठ २४ । झापाको अर्जुनधारामा एक पोखरीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ बजे अर्जुनधारा-११ मा रहेको नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा दुईजना […]
कमलमा कोशीमै पहिलो स्काउट क्याम्पोरी सुरु
कमल, जेठ २४ । झापाको कमल गाउँपालिकामा कोशी प्रदेशमै पहिलोपटक स्काउटको क्याम्पोरी सुरु भएको छ । एक कार्यक्रमका बीच शुक्रबार प्रथम कमल क्याम्पोरीको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच कमल गाउँपालिकाकी उपाध्यक्ष तथा कमल […]
राष्ट्रपति रनिङ शिल्ड खेल्ने झापाका खेलाडीको विदाइ
बिर्तामोड, जेठ २४ । झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमका बीच प्रदेशस्तरीय छनोट खेल्ने राष्ट्रपति रनिङ शिल्डका खेलाडीलाई विदाइ गरेको छ । १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि झापाका पालिकाबाट छनोट भएका ९४ […]
बिर्तामोडका सडक धमाधम कालोपत्रे
बिर्तामोड, जेठ २३ । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तीव्रगतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेटमार्फत विभिन्न ठुलासाना सडक कालोपत्रे गर्दै आएको हो । वडा नम्बर ९ र १० मा आज […]
काँकरभिट्टाबाट पक्राउ भारतीको कोठामै नक्कली नोट छाप्ने धन्दा
बिर्तामोड, जेठ २३ । झापाको काँकरभिट्टाबाट नक्कली नोटसहित पक्राउ परेका गणेश भारतीले झापामा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले अनुन्धानबाट पत्ता लागेको छ । काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले गत जेठ १८ गते […]
बाथरुममा चिप्लिएर ९३ वर्षीय वृद्धको मृत्यु
बिर्तामोड, जेठ २३ । झापाको कमल गाउँपालिकामा एकजना वृद्धको बाथरुममा चिप्लिएर मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कमल–२ तोपगाछीका ९३ वर्षीय नन्दप्रसाद पौडेल रहेका छन् । पौडेल जेठ १०गते शनिबार आफ्नै घरको बाथरुमबाट […]



