२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

जिल्लास्तरीय फुटबलको उपाधि चन्द्रगढीलाई


भद्रपुर । जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि चन्द्रगढी फुटबल क्लवले उचालेको छ ।

ख्रिष्टमस २०१९ र नवबर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित प्रतियोगितामा भीमनगर फुटबल क्लब भद्रपुरलाई १० गोलले स्तब्ध बनाउँदै चन्द्रगढीले उपाधि चुमेको हो । उपाधि चुमेसँगै चन्द्रगढीले नगद ३० हजारसहित ट्रफी र मेडल पाएको छ । उपविजेतामा चित्त बुझाएको भीमनगरले नगद २० हजार पायो ।

भद्रपुर माविको खेल मैदानमा हिजो भएको फाइनल खेलमा भीमनगरमाथि चन्द्रगढीले संर्घषपूर्ण जीत निकाल्दै उपाधि कब्जा गरेका थिए । पहिलो हाफको ९ औं मिनेटमा चन्द्रगढीका मित्रा बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा भीमनगरले गोल गर्न निक्कै संर्घष गरे पनि चुके । चन्द्रगढीका बस्नेतकै गोल उपाधिका लागि निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच चन्द्रगढीका श्याम र्मुर्मु घोषित भए । उनलाई ट्रफी र नगदसहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी भीमनगरका क्षितिज राई, उत्कृष्ट गोलकर्ता बिलिभर्स इष्टर्न चर्च भद्रपुरका कप्तान माइकल शर्मा, इमर्जिङ प्लेयर भद्रपुरकै उदय कामती घोषित भए । उनीहरुलाई ट्रफीसहित नगद प्रदान गरिएको थियो ।

त्यस्तै चन्द्रगढी भेट्रान्स क्लब र भीमनगर भेट्रान्स क्लबबीच भएको मैत्रीपूर्ण खेलमा चन्द्रगढी भेट्रान्स क्लब विजयी भएको छ । चन्द्रगढीलाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो ।

खेल आयोजक समितिका संयोजक अनिल लिम्बुको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेल, बिलिभर्स इस्ट्रन चर्च पुर्वाञ्चल डायोसिस प्रमुख डा. चित्र रुपाचा, बिलिभर्स इष्टर्न चर्च भद्रपुरका अध्यक्ष जगत वाग्ले, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन विक्रम वाग्लेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer