
बिर्तामोड, जेठ ११ । टिभिएस दुईचक्के सवारीसाधनको स्मार्ट एक्सचेन्ज नामक विशेष अफरअन्तर्गत बिर्तामोडमा दिन दुईमा करिब दर्जन मोटरसाइकल तथा स्कुटर बिक्री भएको छ ।

अफरको दोस्रो दिनसम्म २१ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले जनाएको छ ।

पुराना बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि आयोजित १३ दिने ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ विशेष अफरको आज दोस्रो दिन पनि ग्राहको भिड लागेको जनाइएको छ ।

यही जेठ १० गतेदेखि २२ गतेसम्म बिर्तामोड पश्चिम बस स्ट्यान्डस्थित हनुमान पेट्रोल पम्पमा सञ्चालन भइरहेको यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सञ्चालक लुना बस्नेतले बताइन् ।

साथै, यो अफरअन्तर्गत ग्राहकहरूले अधिकतम मूल्यांकन ग्यारेन्टीका साथ पाउनेछन् । त्यस्तै, हरेक दिन १२४ रुपैयाँबाट सुरु हुने इएमआइको व्यवस्था पनि यो अफर कार्यक्रममा राखिएको छ ।

यस अफरमा निःशुल्क हेल्मेटको व्यवस्था पनि राखिएको सञ्चालक बस्नेतले जानकारी दिइन् । त्यस्तै, आकर्षक नगद छुटको पनि व्यवस्था राखिएको छ ।






