२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सागको एक मात्र स्वर्णधारी झापाली देविका


पदक प्राप्त गरेपछि देविका

बिर्तामोड । १३ औँ सागमा स्वर्णपदक जित्ने एक मात्र झापाली देविका खड्का भएकी छन् । झापा गाउँपालिका २ सडकबारीकी खड्का सशस्त्र प्रहरी क्लबबाट व्यावसायिक जुडो खेल्दै आएकी छन् ।
जुडोमा स्वर्णपदकको आशा गरिएका खेलाडी एकपछि अर्को गर्दै चुकिरहेको बेला देविका खड्काले १३ औँ सागमा नेपाललाई जुडोबाट पहिलो स्वर्ण दिलाएकी थिइन् । उनले चार खेलाडी रहेको ५२ केजीमुनिको स्पर्धामा राउन्ड रोबिन लिगमा शतप्रतिशत जित हासिल गरकी थिइन् ।
३३ वर्षीया देविकाले पहिलो खेलमा श्रीलंकाकी गेदारा हाथुरुसिंगेलाई इप्पोन प्रहार गर्दै पन्छाएकी थिइन् । उनको भेट त्यसपछि भारतकी गायत्री टोकाससँग भयो । दक्षिण एसियाली जुडोको महारथी भारतको यो स्पर्धा नम्बर एक खेलाडीविरुद्ध देविकाको प्रतिस्पर्धा रोमाञ्चक रह्यो । निर्धारित ४ मिनेट बिनाअंक टुंगियो ।
झापाको सविक कुमरखोद–६ मा २०५३ सालदेखि नै जुडो खेल्न थालेकी उनलाई सुरुमा हरि श्रेष्ठले जुडो सकिाए । पछि आफ्नै काका गंगा खड्काले सिकाएका थिए । उनी त्योबेला झापा च्याम्पियन पनि बनेकी थिइन् । छैटौँ राष्ट्रिय खेलकुद २०६८ मा कास्य जितेपछि राष्ट्रिय जुडो टिममा उनले मौका पाएकी थिइन् ।
दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट सहभागी भएकी उनले सातौँ राष्ट्रिय खेलकुदमा पाएको अंक नदिएपछि खेल हार्नुपरेको थियो । तर, साग सहभागी भएकै संस्करणमा स्वर्ण जितेकी छन् । आठौँ राष्ट्रिय खेलकुदमा उनले स्वर्णपदक जितेकी थिइन् । उनी लुम्बिनी च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी र राखेप च्याम्पियनसिप विजेता हुन् । सन् २०१४ र २०१८ को एसियाली खेलकुद दुईपल्ट खेलेकी उनी १२ औँ सागको छनोटमा मनिता श्रेष्ठ प्रधानसँग हारेकी थिइन् ।
उनल स्कुलमा छँदै च्याम्पियनसिपमा जितेर झापामा ३२ वटा म्याट भित्र्याएकी थिइन् । नौ वर्षयता सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध उनी प्रशिक्षकबिनाकी खेलाडी हुन् । उनी आफ्नै मिहिनेतले यहाँसम्म आइपुगकी हुन् ।
ओलिम्पक खेल्ने उनका ठुलो धोको छ । झापाको दक्षिणी क्षेत्रको किसान परिवारमा हुर्किएकी उनी एनएसजेएफ झापा स्पोटर्स अवार्डको दोस्रो संस्करणकी उत्कृष्ट महिला वर्ष खेलाडी पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer