२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पेभाकुम नेम्वाङको वंशवली बन्ने


कार्यक्रममा सहभागी पेभाकुम नेम्वाङ अगुवाहरु ।

बिर्तामोड । पेभाकुम याङदेम्बा नेम्वाङहरुको दुई दिने अन्तर्राष्ट्रिय भेला झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
भेलाले याङदेम्बा नेम्वाङहरुको पुर्खा पहिचान तथा इतिहास खोजी गर्ने निर्णय गरेको छ । समग्र लिम्बू जातिभित्र याङदेम्बा नेम्वाङहरुको छुट्टै पहिचान र इतिहास रहेकाले त्यसको खोजी गरि दस्तावेजीकरण गर्न जरुरी रहेको वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ (बैरागी काइला) ले बताए । याङदेम्बा नेम्वाङहरुको मुलथलो पाँचथरको तमाखे हो । ‘सबै जातिले आआफ्नो पुर्खा र इतिहास खोजी गरेर वंशावली बनाइरहेका छन् । अब हाम्रो पनि छुट्टै वंशावली बनाउन जरुरी छ’, पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्वाङले भने ।
आइतबार र सोमबार सञ्चालन भएको भेलामा नेपाल र भारतका विभिन्न स्थानका २ सयभन्दा बढी पेभाकुम याङदेम्बा नेम्वाङ अगुवाहरुको सहभागिता थियो । पेभाकुम नेम्वाङ समाज झापाको आयोजनामा भएको भेलामा भारतको सिक्किम, दार्जिलिङ, कालेबुङमा बसोबास गर्दै आएका नेम्वाङअरुको समेत सहभागिता रहेको समाजका सदस्य दुर्गा नेम्वाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer