२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय झापाली समाजको समितिलाई पूर्णता


झापा । अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय कार्यसमितिमा विभिन्न देशहरुबाट पदाधिकारी तथा सल्लाहकारहरु मनोनयन गरिएको छ ।
समाजको दोस्रो कार्यसमितिको १४ डिसेम्बर २०१९ मा बसेको बैठकले विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुबाट प्राप्त सिफारिस र केन्द्रीय समितिको छलफलबाट २०१९–२०२१ कार्यकालका लागि नयाँ पदाधिकारीहरु मनोनयन गरेको अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।
अध्यक्ष सुब्बाका अनुसार समाजको केन्द्रीय उपाध्यक्षमा इजरायलबाट दिपकप्रसाद ओलीलाई मनोनयन गरिएको छ भने प्रवक्तामा लक्जमवर्गमा कार्यरत बालहरि राई नियुक्त भएका छन् । सचिवमा युएईमा कार्यरत रामप्रसाद ढुंगेल सर्वसम्मत चयन भएका छन् । सहउपाध्यक्षमा अस्ट्रेलियामा कार्यरत अजय राजवंशी नियुक्त भएका छन् भने युएईबाट केन्द्रीय समितिमै दिनेश नेपाल चयन भएका छन् ।
सोही बैठकले समूहको गरिमा बढाउन आफ्नो क्षेत्रमा विशेष योगदान गरेका र समाजको गतिविधिमा लामो समयदेखि सकारात्मक सहयोग गर्ने विभिन्न देशहरूमा कार्यरत व्यक्तिहरुलाई सल्लाहकार समितिमा चयन गरेको छ ।
सलाहकारहरुमा अमेरिकाबाट शम्भु ढुंगाना र प्रमोद सिटौला, दक्षिण कोरियाबाट केपी सिटौला, कतारबाट महेन्द्र चौलागार्इं, रोमानियाबाट नवराज पोखरेल, जापानबाट मेघराज नेपाल, अस्ट्रेलियाबाट रुपराज मैनाली, ओमानबाट दिपक श्रेष्ठ, युकेबाट धनकिरण गुरुङ, आयरल्यान्डबाट गणेश प्रसार्इं, मलेसियाबाट खगेन्द्र न्यौपाने, कुवेतबाट कुमार झापाली, हङकङबाट मदन कन्दङवा र त्रिभुवन लुङगफुवा तथा युएईबाट मेघराज सापकोटा मनोनित भएका छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजका तर्फबाट महासचिव खेमराज जमरकट्टेल र अध्यक्ष सुब्बाले प्रेस नोटमार्फत नवनियुक्त सबै पदाधिकारीलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना प्रकट गरेका छन् ।
समाजले विश्वका करिब ४० देशहरुमा आफनो सञ्जाल विस्तार गरेको छ । अध्यक्ष सुब्बाका अनुसार युरोपेली देशहरुमा अन्तर्राष्ट्रिय झापाली समाजको सञ्जाल विस्तार हुने क्रममा रहेको र स्पेन र पोर्चुगलमा गठनको सबै तयारी पूरा भएको छ ।
विश्वभर रहेका झापालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय झापाली समाजको प्रत्यक्ष सहभागितामा कमल गाउँपालिका–१ को मिस्रीबस्तीमा बाढी प्रभावित ९ घरपरिवारलाई एक–एकवटा गरी ९ वटा घर निर्माण गरिसकेको छ । झापाका विभिन्न संस्था, गाउँ र नगरलाई एम्बुलेन्स प्रदान गर्ने प्रक्रिया जारी राखेको छ । समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने नाराका संस्था स्थापित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer