
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड कृषि थोक बजारमा आलु, फूलकोपी र टमाटर, प्याजलगायत तरकारीको भाउ स्थिर छ । आज मंगलबार कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार स्थानीय, इलाम र काठमाडौँको आलु रातो प्रतिकिलो २२ रुपैयाँदेखि २५ रुपैयाँ, भारतको प्रतिकिलो १८ रुपैयाँदेखि २० रुपैयाँ र सेतो आलुको १५ देखि १६ रुपैयाँ रहेको समितिले बताएको छ ।

नेपाली ठुलो टमाटर प्रतिकिलो ४५ देखि ५२ रुपैयाँ मूल्य रहेको छ । प्याज प्रतिकिलो ३५ देखि ४० रुपैयाँ रहेको छ । खासा लसुन १९० रुपैयाँदेखि २२० रुपैयाँ, अदुवा १२० रुपैयाँ र हरियो खुर्सानी १३० देखि १४० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

पहाडको फूलकोपी (काउली) भने पछिल्लो एक सातामा आधा घटेको छ । खुद्रमा प्रतिकिलो ६० रुपैयाँसम्म रहेको फूलकोपी थोकमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँ रहेको छ । ब्रोकाउली प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, इस्कुस प्रतिकिलो ३० देखि ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । भिन्डी ५० देखि ५५ रुपैयाँ, सेतो मुलाको मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको छ । बन्दा प्रतिकिलो ३० रुपैयाँ प्रतिकिलो रहेको छ ।

घिउ सिमी प्रतिकिलो ५० देखि ६० रुपैयाँ रहेको छ । तने बोडी ६० रुपैयाँदेखि ७० रुपैयाँ प्रतिकिलो रहेको छ । थोक बजारमा बैगुन लामो र डल्लो ८० रुपैयाँ, करेला ७० देखि ८० रुपैयाँ प्रतिकिलो रहेको छ ।
लौका ४० देखि ४५ रुपैयाँ, फर्सी पाकेको २५ देखि ३० रुपैयाँ, फर्सी ३५ देखि ४० रुपैयाँ प्रतिकिलो रहेको छ । परवल प्रतिकिलो ७० देखि ८० रुपैयाँ रहेको छ ।





