२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

महिला फुटबलको उद्घाटनमा कनकाई र मोरङ भिड्ने


बिर्तामोड । शुक्रबारबाट सुरु हुने प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कनकाई महिला फुटबल टिम र मोरङ महिला फुटबलबीच प्रतिस्पर्धा हुने भएको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा झापा, मोरङ, सुनसरी, र इलाम पाँच टिमले सहभागिता जनाएको आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले जानकारी दिए । दोस्रो दिन इलाम महिला फुटबल टिमका विरुद्ध धरान महिला फुटबल टिमले खेल्नेछ । तेस्रो दिनको खेलमा भने पहिलो दिनको विजेताले आयोजकसँग भिड्नेछ ।
पुस १५ गते सम्पन्न हुने ‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । क्लबका अध्यक्ष गुरुङले हरेक वर्ष ल्होसारको अवसरमा महिला फुटबल प्रतियोगिता गर्ने योजना रहेको बताए ।
प्रतियोगिता सम्पन्न गर्न २१ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उपविजेताले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले ३ हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले ५ हजार रुपयाँ पाउने आयोजकले जनाएको छ ।
यसअघि २०६३ सालमा महिला फुटबल प्रतियोगिता भए पनि प्राविधिक कारणले निरन्तरता पाउन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer