२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिसी तालिममा इस्ट होराइजन उत्कृष्ट


धुलाबारी । मोरङको याङ्सिलामा सञ्चालित ४६ औँ जुनियर डिभिजन एनसिसीको २१ दिने तालिममा झापा धुलाबारीको इस्ट होराइजन माविले उत्कृष्ट प्रदर्शन गरेको छ । तालिमका क्रममा भएका विभिन्न प्रतियोगितात्मक क्रियाकलामा होराइजन उत्कृष्ट भएका हो ।
होराइजनकी छात्रा सलिना लिम्बू सर्वोत्कृष्ट छात्रा हुँदै सम्पूर्ण टोलीको (५३१ क्याडेट) नेतृत्व बहन गर्ने सिनियर अन्डर अफिसर बनेकी छन् । त्यसैगरी, छात्रा भलिबलमा प्रथम, ड्रिल प्रदर्शनीमा प्रथम, उत्कृष्ट वक्ता क्याडेटमा प्रज्ञा ढुंगेल र झापा जिल्लामा बसोबास गर्ने मेचे जातिको सांस्कृतिक नृत्य प्रदर्शन गरेर इस्ट होराइजनले प्रथम स्थान हाँसिल गरेको हो ।


गत मंसिर २३ गतेबाट सुरु भई पुस १३ गते दिक्षान्त समारोहसहित तालिम समापन भएको छ । तालिममा झापाको इस्ट होराइजनसहित सिरहा, सप्तरी, खोटाङ र सिन्धुलीका १५ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
५ सय ३१ छात्रा तथा छात्र सहभागी तालिममा झापाबाट २ वटा विद्यालयले सहभागिता जनाएका थिए । इस्ट होराइजनमा गत वर्षबाट एनसिसी तालिम सुरु भएको र प्रथम वर्षदेखि नै विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेको प्रधानाध्यापक सञ्जीव राईले बताए । गत वर्ष पनि सर्वोत्कृष्ट क्याडेट भएकी विद्यार्थी सविना राईले तालिमप्राप्त क्याडेटहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा समेत सहभागिता जनाएर नेपाल फर्किसकेकी छन् ।


यस वर्षको तालिममा पनि आफ्ना विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेकै कारण क्याडेट सलिना लिम्बू र क्याडेट प्रज्ञा ढुंगेलले क्याडेटहरुको अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन पाउने भएको विद्यालयकी प्रमुख प्रशासक सावित्रा राईले जानकारी दिइन् । तालिमको अन्तिम दिक्षान्त समारोहमा विद्यालयको इस्ट होराइजन इस्टसी ब्याग पाइपर ब्यान्डले समेत आफ्नो प्रदर्शनी गरेको एनसिसी समन्वय शिक्षक विमल शाहीले बताए । इस्ट होराइजन नियमित अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा देशम चर्चित विद्यालय हो । उसको उत्कृष्ट प्रदर्शनका कारण विद्यालय अभिभावकमाझ लोकप्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer