२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मिजास बने वीरता जेसीजको अध्यक्ष


बिर्तामोड । युवा व्यवसायी मिजास पोखरेल वीरता जेसीजको वर्ष २०२० को अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार साँझ भएको निर्वाचनबाट उनी वीरता जसीजको अध्यक्ष निर्वाचित भएका हुन् ।
वीरता जेसीजको ३९ औँ साधारणसभाको बन्दसत्रमा भएको निर्वाचनमा पोखरेल ३९ मत प्राप्त गर्दै विजयी भए । अध्यक्षमा पोखरेलले ३९ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी जीवनकुमार खड्काले १९ मत प्राप्त गरेका थिए । निर्वाचनमा ६२ जना मतदातामध्ये ५९ मत खसेको थियो भने एक मत बदर भएको निर्वाचन अधिकृत एकराज गिरीले जानकारी दिए ।
वीरता जेसीजको वर्ष २०२० का लागि अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको थियो । निर्वाचन सम्पन्न गर्न गिरीको संयोजकत्वमा अधिवेशन निर्देशक राजेन्द्र चौँलागाई र पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
वीरता जेसीजको वर्ष २०२० का लागि कार्यकारिणी उपाध्यक्षमा घनश्याम चौधरी र प्रवेश बस्नेत, संयुक्त सचिवमा युवराज कुँवर, उपाध्यक्षहरुमा अनन्तलाल महतो, टिकाराम खतिवडा, कमल श्रेष्ठ र प्रभात मास्के, जनसम्पर्क अधिकारी पुकार बराल, तालिम आयुक्त लोकचन्द्र श्रेष्ठ (एलसी), प्रकरण निर्देशकमा अमरजीत साहा निर्विरोध चयन भएका थिए ।
मतपरिणामपछि भएको कार्यक्रममा वीरता जेसीजका अध्यक्ष विशाल थापाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । निर्वाचित अध्यक्ष पोखरेलले प्रतिबद्धतासहितको मन्तव्य व्यक्त गरेका थिए । पोखरेलले वर्ष २०२० मा वीरता जेसीजलाई नमुना जेसीज बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै, उपविजेता खड्काले निर्वाचित अध्यक्ष पोखेलसहितको टिमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer