२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

विद्यार्थीलाई सयपत्रीको न्यानो कपडा


बिर्तामोड– एमएडब्लु फाउन्डेसन र सयपत्री ट्रेड लिंक बिर्तामोडले एक कार्यक्रमका बीच विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।
बिर्तामोड नगरपालिका–१० स्थित चमरधापमा रहेको चमरधाप प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका एक सयजना छात्रछात्रालाई जनही स्वीटर, मफलर, टोपी, जुत्ता, मोजा, ब्याग, कापी, पेन्सिल, इरेजर लगायत करिब दुई लाख मूल्यबराबरको सामग्री वितरण गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका विद्यार्थी न्यानो कपडाको अभावमा नियमित विद्यालय आउन छोडेपछि फाउन्डेसन र सयपत्रीले चासो देखाएका थिए । व्यवसाय मात्रै होइन सामाजिक उत्तरदायित्वअनुसार विद्यार्थीलाई सहयोग गरिएको सयपत्रीका सञ्चालक विनाद बस्नेत बताउँछन् ।
विपन्न समुदायका विद्यार्थी अध्ययनरत सो विद्यालयका ५८ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री दिइएको यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंक बिर्तामोडका सञ्चालक बस्नेतले जानकारी दिए । ‘चिसोका कारण विपन्न समुदायका विद्यार्थी विद्यालय आउनै छोडेपछि उनीहरुका लागि सहायता सामग्री जुटाएका हौँ’, सञ्चालक बस्नेतले भने ।
उनले यो वर्ष मात्र नभई आगामी हरेक वर्ष यो विद्यालयलाई सहयोग गर्ने वचन दिएका छन् । मजदुरी गरेर छोराछोरी पठाइरहेका हरेक अभिभावकलाई पनि आर्थिक भार कम होस् भन्ने हेतुले यो कार्यक्रम गरिएको सञ्चालक बस्नेतले बताए ।
जाडो बढेसँगै विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या दिनानुदिन घटिरहेको प्राध्यापक नरेन्द्र प्रसाद गुरुङ बताउँछन् । उनले सबैको साथ सहयोग नियमित पाइरहने हो भने यो विद्यालयलाई नमुना विद्यालय बनाउन सकिने बताए । उनले कार्यक्रममा भने, ‘बन्द हुन लागेको यो विद्यालयलाई यस्ता किसिमका सहयोगले विद्यार्थी आकर्षण गर्न सघाउ पुग्नेछ ।’
रोट्रयाक्ट क्लब अफ बिर्तामोडको सहयोगमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, विद्यालय व्यवस्थापन समितिका सदस्य रिमानध्वज मुखिया, रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष राज मुखिया, सयपत्री ट्रेड लिंक बिर्तामोडका सञ्चालक बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer