२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मेरो माइक्रोफाइनान्सले बाँड्यो शैक्षिक सामग्री


झिलझिले । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड झिलझिले शाखाले मंगलबार नगरको वडा नम्बर ८ स्थित एक सामुदायिक विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ३ सम्मका ४४ जना छात्रछात्रालाई जनही १ दर्जन कापी, पेन्सिल र शैक्षिक सामग्री राख्ने झोला वितरण गरिएको हो । विपन्न वर्गका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा हुन सक्ने ड्रपआउटको संख्या घटाउन यस्ता कार्यक्रम प्रेरणदायी हुने विद्यालयका प्रधानाध्यापक दिपक न्यौपानेले बताए ।
मुलुकका ५६ जिल्लामा ११० शाखा रहेको मेरो माइक्रोफाइनान्सले सामाजिक उत्तरदायित्वअन्तर्गत सबै शाखामा शैक्षिक सामग्री वितरण गरिरहेको शाखाका प्रमुख श्रीकृष्ण खड्काले जानकारी दिए । शिवसताक्षी ८ का वडा अध्यक्ष केहरसिंह बस्नेतको प्रमुख आतिथ्यता र इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर, वडा नम्बर ८ का सचिव पुष्पलाल पाण्डे, शिक्षक संघ शिवसताक्षीका नगर अध्यक्ष विष्णु सुब्बाको विशेष आतिथ्यतामा शैक्षिक सामग्री विद्यार्थीलाई विद्यालयमै पुगेर फाइनान्सका कर्मचारीले प्रदान गरेका हुन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष बस्नेतले झिलझिले माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को अध्ययन अध्यापन हुने जानकारी दिए । फाइनान्सका कर्मचारी सन्तोषकुमार सुतिहारले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer