२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

क्षमता अभिवृद्धि तालिम


बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित क्षमता अभिवृद्धि र उद्घोषणसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । नगरपालिकाअन्तर्गत वडामा गठित टोल विकास संस्थाका प्रतिनिधिलाई प्रदान गरिएको तालिम समापनमा बोल्दै नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले नेतृत्व विकासका लागि आचरण सुधारमा जोड दिनुपर्ने धारणा राखे ।
विकासका योजना तर्जुमाका लागि टोल विकास संस्थाको अहम भूमिका रहने बताउँदै उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पनि आग्रह गरे । सहभागी प्रशिक्षार्थीहरुलाई उनले प्रमाणपत्र वितरण गरे । कादम्बिनी प्रोग्राम प्रोडक्सन प्रालिको प्राविधिक सहयोग रहेको प्रशिक्षण समापनसत्रमा प्रशिक्षार्थीहरु टिका भट्टराई राय, ओमनाथ उप्रेती, वडा मेलमिलाप केन्द्रका संयोजक प्रेमकुमार खरेल, वडा सचिव टिका अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा वडा नम्बर १ का ३५ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको बिर्तामोड नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । प्रवक्ता पाण्डेकै अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको सहजीकरण सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer