२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वाञ्चलको रजत महोत्सव चारजना पत्रकारलाई पुरस्कार


बिर्तामोड, फागुन १५ । यस वर्षको ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई प्रदान गरिने भएको छ ।

१५ हजार रुपैयाँ राशिको यसअघिको पुरस्कार अग्रज पत्रकार नकुल काजी र मेचीनगर निवासी चन्द्र भण्डारीलाई प्रदान गर्ने घोषणा गरिएको थियो । फागुन १८ गते आइतबार रजत महोत्सवको अवसर पारेर पूर्वाञ्चल दैनिकले मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार वितरण गर्ने आज बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ ।
पत्रिकाका सम्पादक एकराज गिरीले पुरस्कारको विषयमा जानकारी दिँदै रजत महोत्सवमा ०७५ र ०७६ को उक्त पुरस्कार एकैसाथ चारजना झापाली अग्रज पत्रकारहरुलाई प्रदान गर्न लागेको जानकारी गराए ।
पूर्वाञ्चल दैनिकका तत्कालीन प्रधान सम्पादक मदन ढकालको ०७३ मंसिर २३ गते निधन भएपछि पत्रकारितामा उनको योगदानको कदर र सम्झनाका लागि संस्थाले ०७४ सालमा ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको थियो ।
हरेक वर्ष वार्षिकोत्सवमा वितरण गर्न सुरु गरिएको पुरस्कार पहिलोपटक पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादक, अग्रज पत्रकार गोविन्द चन्द क्षेत्रीलाई प्रदान गर्ने निर्णय भएको थियो । पुरस्कार प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यतामा आयोजित समारोहबीच प्रदान गरिने सम्पादक गिरीले जानकारी दिए ।
पूर्वाञ्चल दैनिकको स्थापनाकालदेखि अनवरत सेवारत् अग्रज पत्रकार पत्रिकाका डेस्क सम्पादक लक्ष्मण ढकाललाई ‘उत्कृष्ट पत्रकार’ सम्मान र व्यवस्थापक चन्द्रकान्त ढकाललाई ‘उत्कृष्ट व्यवस्थापक’ सम्मान प्रदान गरिने प्रकाशक भरतलाल गिरीले जानकारी दिए । ‘उत्कृष्ट स्तम्भकार÷लेखक’ सम्मान यस वर्ष मानवअधिकारकर्मी विष्णुप्रसाद खरेललाई प्रदान गरिनेछ । विशेषाङ्कका लेखकहरु र संस्थाका कर्मचारीलाईसमेत सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रिका प्रकाशनको २४ वर्ष पूरा गरी २५ वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाले ‘पूर्वाञ्चल’ विशेषाङ्कको लोकार्पण समेत गर्ने भएको छ ।
त्यस्तै, रजत महोत्सवको अवसरमा कार्यक्रम परिसरमा पूर्वाञ्चल दैनिकका फोटो पत्रकार तथा फोटो पत्रकार महासंघ झापाका अध्यक्ष कमलप्रसाद पाण्डे ‘विनोद’ को एकल फोटो प्रदर्शनी रहको र फोटो मानव जीवनशैलीसँग सम्बन्धित रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
रजत महोत्सवको अवसरमा कार्यक्रम परिसरमा पूर्वाञ्चल दैनिकका व्यङ्ग्य चित्रकार (कार्टुनिस्ट) प्राज्ञ पवन राजवंशीको एकल व्यङ्ग्य चित्र (कार्टुन) प्रदर्शनीमा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer