२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारा महोत्सवको पूर्वतयारी सकियो


शनिश्चरे । अर्जुनधारा नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी आयोजना गरेको नगर महोत्सव पूर्वतयारी कार्यक्रम सम्पन्न भएको छ ।

आगामी चैतमा हुने नगर महोत्सवलाई भव्य र सभ्य बनाउन नगरपालिकाले गएको फागुन ४ गतेदेखि नगरका ११ वटै वडामा पूर्वतयारी कार्यक्रम सञ्चालन गरेको थियो । पूर्वतयारी कार्यक्रमअन्तर्गत अर्जुनधारा–८ वडा समितिले वडामा रहेका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शन गरेको छ ।

‘आन्तरिक पर्यटनको प्रवद्र्धन गरौँ, नेपाल भ्रमण वर्ष सफल पारौा’ भन्ने नारासहित प्रदर्शन गरिएको फोटोहरुमा सय वर्ष पुरानो जिल्लाकै ऐतिहासिक शनिश्चरे बजार, २००५ सालमा स्थापना भएको जिल्लाकै दोस्रो र नगरको पहिलो शैक्षिक संस्था शनिश्चरे माध्यमिक विद्यालय, महाभारतकालीन झल्को दिने कृष्ण र अर्जुनको प्रतिमालाई समेटिएको छ ।

त्यसैगरी, नवदुर्गा भवानी कात्यायनी शक्तिपीठ, शितला दुर्गा पाञ्चायन मन्दिर, सिंहदेवी मन्दिर, सेतीदेवी देवीथान, बौद्ध गुम्बा, देवकोटा पार्क, चिया बगान र रबर बगान रहेको छ । वडामा सुरु भएको पूर्वतयारी कार्यक्रमअन्तर्गत अन्य वडाभन्दा फरक ढंगले आफ्नो वडाभित्र रहेका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनीमार्फत् जानकारी दिनु राम्रो कार्य भएको सहभागीहरुले बताएका थिए ।

नगरबासीले महसुस गर्ने गरी उनीहरुकै घरदैदैलोमा सेवा पु¥याउन नयाँ योजना निर्माण गरेर महोत्सवका लागि पूर्वतयारी कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए । पूर्वतयारी कार्यक्रम सफल भएको उनको दाबी छ । नगरले आयोजना गर्ने बृहत् नगर महोत्सवमा नगरभित्र रहेका विभिन्न पर्यटकीयस्थलको फोटो प्रदर्शनी गर्नु आवश्यक रहेको अर्जुनधारा उद्योग वाणिज्य संघका पूर्वसचिव चर्तुभूज काफ्लेले बताए ।

यसअघि वडा नम्बर १० मा महोत्सवको पूर्वतयारी कला, संस्कृति, साहित्य खेलकुद लगायतका कार्यक्रम गरेर सम्पन्न भएको थियो । सो अवसरमा नगरको स्वास्थ्य शाखा, कृषि शाखा, पशु शाखाले शिविर सञ्चालन गरी वडाबासीलाई सेवा प्रवाह गरेका थिए ।

कार्यक्रममा विभिन्न जातीय नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यसैगरी, माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा निःशुल्क स्थलगत माटो परीक्षण शिविर तथा श्रीनाथ गण चारआलीले सर्पदंशसम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।

त्यस्तै, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्रीको प्रदर्शनी पनि गरिएको थियो । अर्जुनधारा वडा नम्बर १० का अध्यक्ष बलदेवसिंह गोम्देनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख हरिकुमार राना तथा उपप्रमुख कमला खतिवडा आचार्य, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालालगायतको आतिथ्यता थियो । कार्यक्रममा कलाकार विल्सनविक्रम राई (तक्मे बूढा) र बुद्धि तामाङ (हैट)को उपस्थिति थियो । कार्यक्रममा विशिष्ट आतिथ्यता ग्रहण गरेका उनीहरूको प्रस्तुति भने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer