२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका तमूको आफ्नै जग्गा


बिर्तामोड, फागुन १६ । स्थापनाको एक दशकपछि बिर्तामोडका तमू समुदायले जग्गा खरिद गरी सामुदायिक भवन बनाउने योजना बनाएका छन् । तमू ह्यूल छोँज धीँ गुरुङ समाज बिर्तामोडले वडा नम्बर ३ मा एक कठ्ठा जग्गा खरिद गरेर संस्थाको नाममा पास गरेको छ ।

शुक्रबार सोही जग्गामा भएको प्रथम साधारणसभामा समाजका अध्यक्ष डिके गुरुङले केन्द्रीय विधानअनुसार जग्गा खरिद प्रक्रिया झन्झटिलो भएकाले २०७६ सालमा छुट्टै विधान दर्ता गरेको बताए । समाजले आगामी पाँच वर्षमा कार्यालय भवन र पार्टी प्यालेस बनाउने योजना अघि सारेको छ । साथै, तमू समुदायको कला, संस्कृति झल्किने र ऐतिहासिक दस्ताबेज रहने संग्राहालय निर्माण गर्ने र त्यसका लागि थप जग्गा आवश्यक भएको अध्यक्ष गुरुङले बताए ।

साधारणसभामा जग्गा खरिद गर्न नगद सहयोग गर्ने तमू सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ५१ हजार रुपैयाँ सहयोग गर्ने चन्द्रकुमार गुरुङ, ५० हजार रुपैयाँ सहयोग गर्ने श्यामकुमार गुरुङ, लछुमन गुरुङ र धनकुमार गरुङलाई सम्मान गरियो ।

त्यस्तै, २५ हजार रुपैयाँ सहयोग गर्नेहरु रत्नबहादुर गुरुङ, भागिनाथ गुरुङ, गापीचन्द्र गुरुङ, प्रेमबहादुर गुरुङ, विष्णुमाया गुरुङ, अम्बर गुरुङ, सरस्वती गुरुङ, सन्तोष गुरुङ, लेखनाथ गुरुङ, डिल्लीकुमार गुरुङ, उदय गुरुङ, जलकुमार गुरुङ र राम गुरुङलाई सम्मान गरियो । २२ हजार रुपैयाँ प्रदान गर्ने सलबहादुर गुरुङलगायत १० हजार रुपैयाँभन्दा माथि सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

यसैबीच, साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । समाजको अध्यक्षमा सलबहादुर गुरुङ, उपाध्यक्षत्रयमा निर्मला गुरुङ, गोपीचन्द्र गुरुङ र अम्बर गुरुङ, सचिवमा लीला गुरुङ, संगठन सचिवमा राम गुरुङ, प्रचार सचिव हर्कमाया गुरुङ, कोषाध्यक्ष लेखनाथ गुरुङ र सहकोषध्यक्षमा लछिमान गुरुङ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा चन्द्रबहादुर गुरुङ, नरजंग गुरुङ, सरस्वती गुरुङ, शेरबहादुर गुरुङ, डिल्लीकुमार गुरुङ, कुमार गुरुङ, तारा गुरुङ, नेत्रबहादुर गुरुङ र चन्द्रकुमार गुरुङ छन् । भेलाले सल्लाहकार संयोजकमा निवर्तमान अध्यक्ष डिके गुरुङ र सहसंयोजकमा विष्णुमाया गुरुङलाई चयन गरेको छ ।

यसअघि साधारणसभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पूर्वकेन्द्रीय सदस्य जलकुमार गुरुङले तमू समुदायमा एकताको खाँचो औँल्याए । उनले समाजको केन्द्रीय महाधिवेशन बिर्तामोडमा सम्पन्न गरेर झापाले आफ्नो क्षमता देखाइसकेकोले आगामी दिनमा अझ सशक्त भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य लक्ष्मी गुरुङ, केन्द्रीय सदस्य दिलिप गुरुङ, प्रदेश उपाध्यक्ष आनन्द गुरुङ, झापा अध्यक्ष धनबहादुर गुरुङ, सञ्चारकर्मी केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer