२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रणामी मन्दिरको स्वर्ण महोत्सवको तयारी पूरा


बिर्तामोड । बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सव र सो अवसरमा आयोजना हुने साताव्यापी श्री १०८ सागर पाठ पारायण श्रीमद् देवी भागवत ज्ञान महायज्ञ (श्रीकृष्ण कथा) को तयारी पूरा भएको जनाएको छ ।

मन्दिर स्थापना भएको ५० वर्ष पुगेको अवसरमा यही फागुन २१ गतेदेखि २७ गतेसम्म महायज्ञ र विविध कार्यक्रम हुनेछन् । मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रम गर्ने योजना बनाएको छ ।

समितिका अध्यक्ष युवा सन्त डा. जगतनन्दन शास्त्रीजी महाराजका अनुसार फागुन २१ गते बिहान स्वर्ण महोत्सव शुभारम्भ हुनेछ भने बिहान ९ बजे कलशयात्रापछि ११ बजेदेखि श्री १०८ तारतम सागर पाठ पारायण शुभारम्भ हुनेछ । १२ बजे स्वर्ण महोत्सव स्तम्भ समुद्घाटन तथा बाबा श्री गोपीदास स्मृतिसभा एवम् कलश अनावरणको कार्यक्रम रहेको छ । दिउँसो २ बजे मञ्चको कार्यक्रम समुद्घाटन हुनेछ । प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई निमन्त्रणा गरिएको महासचिव शारदाप्रसाद थपलियाले जानकारी दिए ।

तारतम पाठपारायणको समुद्घाटन श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज श्री ५ नवतनपुरीधाम जामनगरको करकमलबाट हुनेछ । उनको स्वागतार्थ प्रणामी सुन्दरसाथहरु काँकरभिट्टामा भेला हुने रर त्यहाँबाट बाजागाजाका साथ महाय१स्थलमा ल्याइने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रियस्तरको बनाइने सो धार्मिक तथा सामाजिक अनुष्ठानमा देश–विदेशबाट श्रीकृष्ण धर्मावलम्बी निजानन्द सम्प्रदायका हजारौँ भक्तजन एवम् सन्त महाराजहरुको आगमन हुने बताइएको छ ।
महोत्सव अवधिभर दैनिक सेवा पूजा, मंगल आरती, ध्यान, चिन्तन, योग, मंगलाचरण, पुष्पाञ्जलि, वाणी चर्चा, विभिन्न विद्वानहरुद्वारा धार्मिक प्रवचन, वाणी गायन, भजन–कीर्तन, गरिने अध्यक्ष डा. जगतनन्दन शास्त्रीजी महाराजले जानकारी दिए ।

यसैगरी, बृहत स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, दैनिक रुपमा सहयोगदाता, समाजसेवी महानुभावहरुलार्य सम्मानको कार्यक्रम पनि रहेको छ भने सामुहिक उपनयन र गुन्यूचोलीको कार्यक्रम पनि रहेको बताइएको छ ।

दातहरुबाट आर्थिक संकलन गरी सम्पन्न गर्न लागिएको उक्त बृहत धार्मिक अनुष्ठान सम्पन्न गर्न ५० लाखदेखि ६० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । सो कार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्ने बचन दिएको थपलियाले जनाए ।
महोत्सव सम्पन्न गर्न जिल्लाका श्री कृष्ण प्रणामीअन्तर्गतका मन्दिर तथा समितिहरु, श्रीकृष्ण प्रणामी युवा परिषद, श्रीकृष्ण सेवा परिषदलगायतका समितहरुले सक्रिय सहभागिता जनाइरहेको पनि बताइएको छ ।

२०२६ सालमा दानवीर तत्कालीन रापंस स्वर्गीय खम्बसिंह बस्नेत र पत्नी जानुका बस्नेतले ५ कट्ठा १० धुर जग्गा दान गरेपछि मन्दिर स्थापना भई धार्मिक कार्यक्रमहरु हुँदै आएको छ । दाताहरुको सहयोगमा मन्दिर परिसरमा १८ वटा शयनकक्ष, ३ वटा भव्य हल, पर्याप्त शौचालयको पनि व्यवस्था रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer