२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वाञ्चल रजत महोत्सवमा अग्रज पत्रकार सम्मानित


बिर्तामोड । श्रीअन्तु प्रकाशन प्रालिद्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत लोकार्पण गरिएको छ ।

प्रदेश नम्बर १ का प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ सहित २५ जना अतिथिले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे । मेची अञ्चलकै पत्रकारिताको इतिहास समेटेर पूर्वाञ्चलले तयार गरेको पुस्तकको लोकार्पण गर्दै प्रदेश प्रमुख प्यासीले जस्तोसुकै कठिन परिस्थितिमा पनि सञ्चार जगतले लोकतन्त्र र मानवअधिकारको पक्षमा खबरदारी गरिरहेको बताए ।

संस्थाका अध्यक्ष टोरुप प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०७५ बाट अग्रज पत्रकार नकुल काजी र नेपाल पत्रकार महासंघ संस्थापक महासचिव चन्द्र भण्डारी तथा पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट चिन्तामणि दाहाल र लीला बराललाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कृष्ट पत्रकार सम्मान पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल, उत्कृष्ट व्यवस्थापक सम्मान चन्द्रकान्त ढकाल, उत्कृष्ट स्तम्भकार सम्मान अधिकारकर्मी विष्णुप्रसाद खरेल, उत्कृष्ट व्यङ्ग चित्रकार सम्मान प्राज्ञ पवन राजवंशी र उत्कृष्ट फोटो पत्रकार सम्मान कमलप्रसाद पाण्डे ‘विनोद’ लाई प्रदान गरिएको थियो । ढकाललाई प्रदान गरिएको उत्कृष्ट पत्रकार सम्मान ११ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।

पूर्वाञ्चल विशेषाङ्क विमोचन समारोहमा विशेषाङ्कमा लेख रचना प्रकाशित गर्ने लेखकलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा पूर्वाञ्चल विशेषाङ्कका आवरण डिजाइनर एकराज प्रधान र रजत महोत्सवका नृत्य संयोजक एलसी श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरीले स्वागत मन्तव्य राख्दै पत्रिकालाई जनअपेक्षाअनुरुप समयसापेक्ष रुपमा परिवर्तन गर्दै लैजाने बताए । बुद्ध स्मृति एजुकेसन फाउन्डेसन बिर्तामोडका पञ्चकन्याले प्रमुख अतिथि लगायत अन्य अतिथिलाई स्वागत गरेका थिए । कार्यक्रममा एभरेष्ट स्मार्ट एकाडेमी बुट्टाबारी र बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकाडेमी, महेन्द्ररत्न मावि, चिल्ड्रेन इन्भारोमेन्ट स्कुल र वाल्मीकि एजुकेसन फाउन्डेसनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer