२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

विपन्न बालबालिकालाई कपडा


अर्जुनधारा । अर्जुनधारा नगरपालिका १० नम्बर वडा कार्याललयले वडाका विपन्न बालबालिकालाई कपडा वितरण गरेको छ ।

वडाध्यक्ष बलदेवसिंह गोम्देनको समन्वयमा शिवसताक्षी–९ स्थित दूधे निवासी व्यवसायी कुमारी शेर्मा र भीम राईबाट उक्त कपडा प्राप्त भएपछि वडाका विपन्न बालबालिकालाई कपडा वितरण गरिएको हो ।

वडाध्यक्ष गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाअन्तर्गत रहेका पाँच वटा टोल विकास समितिका ६० जनाभन्दा बढी बालबालिकालाई १२५ थान कपडा वितरण गरिएको वडा सदस्य भोला गौतमले जानकारी दिए ।

वडा सदस्य सीता परियार, नेपाली कांग्रेसका वडा सभापति यज्ञलाल श्रेष्ठ, टोल विकास समिति ४ का संयोजक भानु मिश्र, वडा मेलमिलाप समितिका संयोजक जनक चौलागाईंलगायतले उनीहरुलाई कपडा वितरण गरेका थिए ।

सोही कार्यक्रममा कृषि विकास शाखा अर्जुनधाराले उलब्ध गराएको बीऊबिजन वितरण गरिएको थियो । वडा कार्यालयमा भेला भएका ९० जनालाई भिण्डी, बोडी, फर्सी र काँक्राको बीऊ वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer