२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भूतपूर्व सैनिक महिलाद्वारा खाद्य सामग्री वितरण


बिर्तामोड, फागुन २४ । भारतीय भूतपूर्व सैनिक संघ, महिला समितिले शनिबार अपाङ्गता भएका बालबालिका र ज्येष्ठ नागरिकलाई खाद्य सामग्री वितरण गरेको छ ।

संस्था स्थापना भएको तीन वर्ष पूरा भएको अवसर तथा १ सय १० औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संस्थाले बिर्तामोडको परोपकार तथा अनुसन्धान केन्द्रका बृद्धबृद्धालाई फलफूल र जुस ख्वाएको थियो । त्यस्तै, केन्द्रलाई चामल, खानेतेल, जुस, लुगा धुने साबुन तथा बिस्कुट प्रदान गरिएको संस्थाका सचिव विनिता तामाङले बताइन् ।

त्यस्तै, यसअघि अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा पुगेर समितिले चामल, खानेतेल, जुस, लुगा धुने साबुन तथा बिस्कुट प्रदान गरेको थियो । समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री वितरण गरेको अध्यक्ष मोती लिम्बूले जानकारी दिइन् । २० जना सदस्य रहेको समितिले यसअघि पनि सामाजिक गतिविधि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer