२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाकी शान्तालाई काठमाडौँमा सम्मान


बिर्तामोड । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाकी महिला समाजसेवी भागिरथा चापागाईं (शान्ता) काठमाडौँमा सम्मानित भएकी छन् ।

काष्ठमाण्डप रोटरी क्लबले शान्तासहित सामाजिक कार्यमा सक्रिय काठमाडौँकी रिता राई र अनिता बज्राचार्यलाई सम्मान गरेको छ । तीनैजनालाई काठमाडौँको होटल -याडिसनमा आयोजित समारोहका बीच कदरपत्र, खादा र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

झापा कनकाई नगरपालिकाकी शान्ता बौद्धिक अपाङ्गता भएका बालबालिकाको पक्षमा १५ वर्षदेखि क्रियाशील छन् । उनी सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष हुन् । कनकाई नगरपालिकामा अहिले संस्थाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई आश्रय दिइरहेको छ ।

राई अनाथ बालबालिका र बज्राचार्य अटिजम भएका बालबालिकाको पक्षमा क्रियाशिल छन् । सम्मान पाएपछि सम्बोधन गर्दै शान्ताले समाजसेवाको बाटोमा थप क्रियाशील भएर हिँड्न प्रेरणा मिलेको बताइन् ।

विगत दस वर्षदेखि समाजमा पृथक काम गरेर फरक छाप बनाएका प्रेरणदायी महिलालाई संस्थाले सम्मान गर्दै आएको रोटरी क्लबका निराजन भट्टराईले बताए । उनका अनुसार वर्षेनी नेपालभरिबाट उत्कृष्ट नारी छानेर पुरस्कृत गरिँदै आएको छ ।

क्लबका पास्ट प्रेसिडेन्ट प्रदिप श्रेष्ठ, फस्ट लेडी प्रिती थापा, पास्ट फस्ट लेडी उषा श्रेष्ठ, कोषाध्यक्ष सोफी उपाध्याय, आइभिपी सञ्जीव रिजाललगायतले सम्मानित व्यक्तित्वहरुलाई प्रमाणपत्र, खादा लगायत हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer