२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सस्तोमा सामान दिन्छु भनेर ठग्ने प्रहरी फन्दामा


बिर्तामोड, चैत ७ । रासन तथा किराना सामान सस्तोमा उपलब्ध गराउँछु भन्दै ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहारी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ ।

चैत ६ गते काँकरभिट्टाबाट पक्राउ परेका झापा भद्रपुर १४ का राजकुमार राउतलाई जिल्ला प्रहरी कार्यालय झापाले चैत ७ गते इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गरेको छ । प्रदिप कार्कीको नाममा राउतले ठगी धन्धा गर्दै आएको र विभिन्न जिल्लाका व्यक्तिबाट १० लाख रुपैयाँभन्दा बढी ठगेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

विगत छ महिनायता राउतले झापा, मोरङ, सुनसरी, इलाम, धनकुटाका व्यक्तिबाट आफू आर्मी भएको र सस्तोमा सामान उपलब्ध गराइदिन्छु भन्दै ठग्दै आएको कोइरालाले बताए । प्रहरीले उनको साथबाट नगद ५४ हजार, मोबाइल र सिम कार्ड बरामद गरेको छ ।

प्रहरीले राउतलाई ठगी मुद्दाअन्तर्गत जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । झापा चारआलीका डाकबहादुर राईले प्रहरीमा उजुरी दिएपछि राउतको खोजी सुरु गरिएको थियो । उनको खोजीमा प्रदेश प्रहरीसहित जिल्ला प्रहरी झापा र झापाका इलाकाका प्रहरी परिचालन गरिएको थियो ।

सुम्निमा पारुहाङ किराना पसलका सञ्चालक राईबाट सस्तोमा सामान उपलब्ध गराउँछु भनेर राउतले नगद एक लाख दुई हजार लिएर सम्पर्कविहीन भएका थिए । राउतको मोबाइलसमत बन्द भएपछि राईले प्रहरी चौकी चारआलीमा उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer