२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सुवेदीले बिरामी कुरुवालाई मोबाइल रिचार्ज गरिदिने


सुरुङ्गा, चैत १३ । विश्वव्यापी कोरोना भाइरसका कारण देश संकटमा परिरहेको बेला झापा कनकाई ३ सुरुङ्गाका गोविन्द सुवेदीले अस्पतालमा भएका बिरामी कुरुवाहरुको मोबाइलमा निःशुल्क रिचार्ज गरिदिने घोषणा गरेका छन् ।

लक डाउनका कारण सबैजना घरघरमा बस्न बाध्य र पसल र व्यवसायसमेत बन्द रहेकाले रिचार्ज कार्ड खरिद गर्न समस्या भइरहेको छ । मोबाइलमा ब्यालेन्स नहुँदा घरमा बिरामीबारे जानकारी गराउन बिरामी कुरुवालाई सहज होस् भनेर सुवेदीले आवश्यकताअनुसार एनसेल र एनटिसीको रिचार्ज गरिदिने घोषणा गरेका हुन् ।

पसलहरु बन्द हँुदा बिरामीको अवस्थाका बारेमा घर र आफन्तलाई जानकारी गराउन नपाइरहेको जनगुनासो पाएपछि समाजसेवी सुवेदीले कोरोना भाइरसको संकमण र देशमा लकडाउन भइन्जेलसम्मका लागि यो सुविधा दिने बताए ।

सुवेदी यस क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरु सुरुङ्गा बजार व्यावस्थापन समितिका सहसचिव, पुकार अपाङ्ग अशक्त समाजका सचिव र फ्रेन्डस ग्रुप नेपाली मञ्च नेपालका केन्द्रीय सचिव लगायातमा आवद्ध रहेर सामाजिक गतिविधि गर्दै आएका छन् । समस्यामा परेका अस्पतालका बिरामी कुरुवाहरुले रिचार्जका लागि ९८२४०४२२७१ मा फोन, म्यासेज वा फेसबुक म्यासेन्जरमा सम्पर्क गर्न सक्नेसमेत सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer