२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चिया मजदुरलाई एकता क्लबको खाद्य सामग्री


बिर्तामोड, चैत १४ । कोरोना भाइरसका कारण रोजगारी गुमेपछि विचल्लीमा परेका मेचीनगर ८ स्थित चिया बगानका मजदुरलाई मेचीनगरको एकता युवा क्लबले शुक्रबार खाद्य सामग्री वितरण गरेको छ । क्लबका सदस्यले मजदुरको घरमै पुगेर खाद्यान्न बाँडेका हुन् ।

दैनिक मजदुरी गरेर गुजारा गर्ने २२ घर परिवारलाई खाद्य सामग्री वितरण्म गरिएको सल्लाहकार सरोज मेहराले जानकारी दिए । क्लबले प्रत्येक परिवारलाई १० केजी चामल, एक पोका खाने तेल, एक प्याकेट नुनलगायत सामग्री वितरण गरेको हो । स्थानीय सरकार र सरोकारवालाले खासै चासो नदिए पनि क्लबले राष्ट्रिय युवा संघ नेपाल झापा क्षेत्र नम्बर १ का नेता रघुनाथ धिमालको समन्वयमा खाद्य सामग्री वितरण गरेको छ ।

खाद्य सामग्री खरिदका लागि क्बलका अध्यक्ष दिपेश पाठक, कोषाध्यक्ष सन्तोष धमला, सदस्यहरु आशिष पौडेल, विनोद रिमाल, बिरु मेचेबाट आर्थिक संकलन गरिएको मेहराले बताए । क्लबले यसअघि पनि यस्तै खाले सामाजिक गतिविधि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer