२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

विपन्नलाई चम्लागाईं परिवारले दियो चामल


बिर्तामोड, चैत १७ । कोरोना संक्रमणका कारण लक डाउन भएका बेला रोजगारी गुमाएका विपन्न परिवारलाई झापा बाह्रदशीको चम्लागाईं परिवारले खाद्य सामग्री उपलब्ध गराएको छ ।

लक डाउनमा रोजगारी नहुँदा तथा आफ्नै घरभित्र बस्दा खाद्य संकट हुने भएकाले त्यसलाई टार्न चम्लागाईं परिवारले बाह्रदशी ७ मा रहेका विपन्न परिवारलाई २५ किलो दरका १४० बोरा चामल र ३५० किला नुन वितरण गरेको स्थानीय गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटवालले जानकारी दिए ।

स्थानीय समाजसवी युवा देवेन्द्रप्रसाद चम्लागार्इंका बुवाआमा लोकनाथ र डिकुरादेवी, दाजुहरु प्रेमप्रसाद र महेन्दप्रसाद चम्लागाईको पहलमा खाद्यान्न वितरण गरिएको हो ।
वितरणको पहिलो दिन वडा नम्बर १, २ र ३ का विपन्नलाई चामल र नुन प्रदान गरिएको छ । स्थानीय वडाअध्यक्षको उपस्थितिमा आम्दानीको अन्य विकल्प नभएकाको पहिचान गरी हरेक वडामा ५ सय किलो चामल र ५० केजी नुन वितरण गरिएको हो ।

वितरण कार्यलाई सबै वडामा पुर्याइने चम्लागार्इं परिवारले बताएको छ । अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार, नेपाली व्यावसायी संघ कतारका अध्यक्ष र गैरआवासीय नेपाली संघका मानार्थ आइसिसी सदस्य महेन्द्र चम्लागाईं कतारको नेपाली व्यावसायिक क्षेत्रमा उदार र सहयोगी व्यक्तित्वका रूपमा स्थापित छन् । यो विपत्तिको घडीमा आफ्नो गाउँठाउँका कोही पनि भोकै बस्नु नपरोस् भनेर कतारबाट राहतका लागि २ लाख रुपैयाँ चम्लागाईंले पठाएका थिए ।

महेन्द्रको प्रस्ताव, सहयोग र परिकल्पनामा आफ्नो गाउँका विपन्नहरुलाई राहत सामग्री वितरण गरिएको चम्लागाई परिवारले बताएको छ । आफ्नो गाउँको शैक्षिक, भौतिक, सांस्कृतिक विकासको लागि मात्र नभएर दैवीप्रकोप र विपत्तिहरुमा यो परिवारले विगतमा पनि दिल खोलेर सहयोग गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer