२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा क्वारेन्टाइनमा १०४ जना, होम क्वारेन्टाइनमा ८०५


बिर्तामोड, चैत १९ । कोरोना भाइरसको आशंकामा मंगलबारसम्म झापा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०४ पुगेको छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् ।

सरकारले मेची अञ्चल अस्पताललाई कोरोना उपचारका लागि तोकेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार झापाका १५ स्थानीय तहमा ३३६ बेडको क्वारेन्टाइन निर्माण गरिएका छन् । जसमाा दुई महिला र १०२ जना पुरुष बसेका छन् । सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३५ जना क्वारेन्टाइनमा बसेका छन् । भद्रपुरमा १८, झापा गाउँपालिकामा १३, अर्जुनधारामा ९, कनकाईमा ८, बिर्तामोड र शिवसताक्षीमा ५–५, बाह्रदसीमा ४, दमकमा २ महिला र २ पुरुष, कचनकवलमा २ र हल्दिबारीमा एकजना क्वारेन्टाइनमा बसेका छन् ।

मेचीनगर नगरपालिकामा २११ पुरुष र ५१ महिलासहित २६२ जना होम क्वारेन्टाइनमा छन् । अर्जुनधारामा १३ महिला र ७४ पुरुषसहित ८७ जना, बिर्तामोडमा ११ महिला र ४३ पुरुषसहित ५४ जना, दमकमा १५ महिला र ३० पुरुषसहित ४५ जना, भद्रपुरमा ५ महिला र १८ पुरुषसहित २३ जना, गौरादहमा १० महिला र १७ पुरुषसहित २७ जना, कनकाईमा ३ महिला र ८ पुरुषसहित ११ जना र शिवसताक्षीमा २ महिला र ७ पुरुषसहित ९ जना होम क्वारेन्टाइनमा छन् ।

बुद्धशान्ति गाउँपालिकामा १६ महिला र ७६ पुरुषसहित ९२ जना, हल्दिबारीमा ५ महिला र ५५ पुरुषसहित ६० जना, कमलमा १५ महिला र २४ पुरुषसहित ३९ जना, झापामा १३ महिला र २० पुरुषसहित ३३ जना, बाह्रदशीमा ९ महिला र २१ पुरुषसहित ३० जना, कचनकवलमा ८ महिला र १४ पुरुषसहित २२ जना र गौरीगन्जमा १ महिला र १० पुरुषसहित ११ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला विपद व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवन चम्लागाईंले बताए ।

घरमा छुट्टै बस्नलाई बेग्लै कोठा नहुँदा, साना बालबालिकाले छुने सम्भावना हुनेलाई मात्र क्वारेन्टाइनमा राख्ने गरेको उनले बताए । होम क्वारेन्टाइनमा बसेकाहरुको सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीले दैनिक स्वास्थ्य जाँच लिने काम भइरहेको उनको भनाइ छ ।

जिल्लामा २७ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको छ । मेची अञ्चल अस्पतालमा रहेको आइसोलेसनमा अहिलेसम्म ५ जना भर्ना भएका छन् । उनीहरुमध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । तीनजनाको थ्रोट स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाएको चम्लागाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer