२०८२ जेठ २० मंगलबार
Jhapa Today
Adv top

बिएन्डसी अस्पताल चौबिसै घण्टा खुला


बिर्तामोड, चैत २० । सामान्य बिरामीलाई समेत अस्पतालहरुले उपचारमा लिन नमानिरहेको बेला झापाको बिर्तामोडमा रहेको बिएन्डसी अस्पतालले भने सबै किसिमका बिरामीको उपचारका लागि चौबिसै घण्टा अस्पताल खुला रहेको जनाएको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति निकालेर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै अहिले पनि चौैबिसै घण्टा जस्तोसुकै समस्याको पनि उपचार गर्न चिकित्सक र अस्पताल तयार रहेको जनाएका छन् ।

हाम्रो काम भनेकै बिरामीलाई सेवा दिने हो, रोग लागेर बिरामी अस्पताल आउँदा अस्पताल भाग्ने कुरै भएन’, निर्देशक प्रसाईंले भने, ‘हामीले २४ सै घण्टा उपचकारका लागि चिकित्सकलाई खटाएका छौँ ।’

अस्पताल आइसोलेसन, भेन्टिलेटर र आइसियुसहितका सबै सेवा र दक्ष चिकित्सक भएकाले कुनै पनि रोगका बिरामी उपचारका लागि अस्पताल आए जुनै समय पनि सेवा दिन अस्पताल सँधै तयार रहने निर्देशक प्रसाईंको भनाइ छ ।

उनले अफवाह फैलाउनेको भ्रममा नपर्न आग्रह गर्दै बिरामी भए ढुक्कसँग अस्पताल आउन नागरिकलाई आग्रह समेत गरेका छन् । कोरोनाबिरुद्ध सरकारले अवलम्बन गरेको अभियानमा साथ दिन अस्पताल सधँै तयार रहेकाले नागरिकलाई यो समयमा नआत्तिकन स्वास्थ्य सेवा लिन र आफ्नो पनि ख्याल गर्न अस्पतालले सुझाव दिएको छ ।

सरकारलाई आवश्यक परेको समयमा आफ्नो अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिन तयार रहेको यसअघि नै अस्पतालले घोषणा गरेको थियो । बिएन्डसी नेपालकै अत्याधुनिक र सुविधासम्पन्न अस्पताल हो ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल