२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राहत बुझ्नेकै घरभित्र २५ लाख !


कनकाई, चैत २३ । कनकाई नगरपाकिला ४ कनकाई सामुदायिक वनको हाताभित्र बनाइएको सानो जंगलको झारपातले बारेको घर त्यही घरमा बस्ने गर्छन् ५१ वर्षीय ठाकुरसिंह राई । जो बजारमा फालिएका प्लालास्टिकका बोटल टिपेर गुजारा गर्ने गर्दछन् । उनको लुगा लगाइको अवस्था हेर्दा पनि एक मगन्तेको भन्दा कम छैन ।

उनले लक डाउनका वेला बजारमा फोहोर टिप्न नपाएको र खाना खान नपाएको भन्दै कनकाई नगरपालिका ४ मा राहत लिने व्यक्तिको नाम पनि टिपाए । उनीभन्दा निक्कै हुनेखानेले समेत राहत भेटिरहेको बेला उनी ठाकुरसिंहले राहत नपाउने कुरै भएन वार्डअध्यक्ष गोविन्द पौड्यालले अरुभन्दा सुरुमै उनलाई राहत दिइपठाए ।

राहत बुझेर ठाकुरसिंह पनि घरमा राखे र अन्यत्रै लागे केही काम विशेषले घरको दैलो लगाएर तर यत्तिकैमा बेलुकी ४ बजेतिर उनकै घरबाट अचानक घरमा आगो लाग्यो । घरमा ठाकुरसिंह नभएको हुँदा उनका छिमेकी कनकाई सामुदायिक वनका पदाधिकारी र प्रहरीले आगो नियन्त्रणमा लिए । आगो हिजाे बेलुकातिर लागेकाे हाे ।

साथमा दमक नगरपालिकाको दमकलको समेत प्रयोग गरियो । आगो निभिसक्दा उनको लगायात अन्य २ घर पनि जलेर खरानी भइसकेको थियो । जसमा झकडबहादुर दर्जी र अमृता श्रेष्ठको पनि घर खरानी बनिसकेको थियो ।

ठाकुरसिंह त्यसबेलासम्म घरमा आइपुगेकै थिएनन् । फुसको घर बलिसक्न जम्मा मुस्किलले आधा घण्टा लागेको थियो भने बाँकी आधा घण्टामा थप २ घर स्वाँहा । सबैले सोचेका थिए विचरा ठाकुरसिंहको हिजैमात्रै बुझेको त्यो ५ किलो चामल, दाल, तेल, नुन र साबुन पनि जल्यो ।

जनप्रतिनिधि रोशन सुवेदी अब फेरि कुन तरिकाबाट उनलाई कोरोना राहत दिने भनेर सल्लाह गर्दै थिए । त्यसबेलासम्म घरधनी राई पनि रुँदै कराउँदै जलिसकेको घरमा आइपुगे, जनप्रतिनिधि सुवेदी राईलाई सम्झाउँदै थिए ।

एकाएक घटनाले नयाँ रुप लियो । जब कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीले राईको घरमा गाडिएको एउटा ठुलो टिनको बाकसमा हजार र पाँच सय दरका बिटै बिटा भेटे । ओली भन्छन्, सुरुमा त त्यहा गाडधन भेटिएको जस्तो लाग्यो म तीन छक्क परेँ त्यहाँ रहेका प्रहरी, रेडक्रस सोसाइटी सुरुङ्गाका अध्यक्ष प्रविन तिम्सिना, जनप्रतिनिधि सुवेदी लगायातले त्यहाँ रहेको सबै पैसा जम्मा गरे, जहाँ नजलेको मात्रै हजार र पाँच सय दरका सग्ला ९ लाख रुपैँया फेला पर्यो भने जलेका तर बैंककमा साट्न मिल्ने दरका थप ६ लाख रुपैँया फेला पर्यो । बाँकी जलेको कालो खरानीमात्रै राईले आफूसँग बाकसमा २४ लाख ५० हजारभन्दा बढी रकम डेढ तोला सुन र १८ तोला चाँदी रहेको सुनाए ।

चाँदी फेला परे पनि सुन भने फेला परेन । राईलाई कसरी थप राहत दिलाउने भन्दै छलफलमा जुटेका जनप्रतिनिधि, प्रहरी र रेडक्रसकर्मीलाई राईको घरमा फेला परेको पैसा गन्न समेत थप ३ घण्टा लागेको थियो ।

प्रहरीले फेला परेको उक्त पैसा इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ भने प्रहरी उक्त रकमको स्रोतबारे हाल गम्भीर अनुसन्धानमा जुटेको छ । कनकाई अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer