२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

विश्वभर २१२ नेपालीलाई कोरोना, १७ जनाको मृत्यु


बैशाख ५ गते अमेरिकामा मृत्यु हुने नेपालीभाषीहरु ।

-हिमाल खरेल
बिर्तामोड, बैशाख ५ । संसारभर २१२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाली समयअनुसार बिहान ०७ बजेसम्म नेपालबाहेक विश्वका १८ देशमा रहेका १ सय ९६ नेपाली कोरोना भाइरस संक्रमित छन् ।

नेपालमा हालसम्म संक्रमितको संख्या १६ पुगेको छ भने दुईजना निको भएर घर फर्किएका छन् । १४ जनाको उपचार अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित नेपालीमध्ये १७ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ११ जना र बेलायतमा ६ जना नेपालीको कोरानाका कारण मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सबैभन्दा धेरै ६० जना कोरोना भाइरस संक्रमित नेपाली अमेरिकामा छन् । अमेरिकाका विभिन्न अस्पताल र घरमै बसेर ५३ जना नेपाली कोरोनाको उपचार गराइरहेका छन् । अमेरिकाको न्युयोर्कमा मात्र ४२ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।

अमेरिकापछि बेलायतमा हालसम्म ३५ जना नेपालीमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ । बेलायतमा संक्रमित १० जनालाई उपचारपछि निको भइसकेको छ भने १९ जना अहिले उपचाररत छन् । हालसम्म विभिन्न देशमा कोरोनाको संक्रमण भएका २० जना नेपाली उपचारपछि निको भइसकेका छन् ।

भारत र नेपालबाहेक अहिले विश्वका ५ देशमा ६५ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । बेलायतमा ३० जना, पोर्चुगलमा २१ जना, हङकङमा ७, मलेसियामा ५ जना र माल्दिभ्समा २ जना नेपालीलाई कोरोना भाइरस सङ्क्रमणको संक्रमणमा क्वारेन्टाइनमा राखिएको छ ।

भारतमा ८ जना नेपालीलाई कोरोनाको संक्रमण भएको छ । संक्रमित सबै एकै परिवारका मुम्बईमा बस्ने छन् । उनीहरू अछाम चौरपाटी गाउँपालिकाका बासिन्दा हुन् । जापानमा दुईजना, युएइमा ११ जना, कुवेतमा १३ जना, साउदी अरबमा ४ जना, बहराइनमा २२ जना, पोर्चुगलमा १२ जना, स्विट्जरल्यान्डमा ५ जना, अस्ट्रेलियामा ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।

स्पेनमा ११ जना, इजरायल, बेल्ज्यिम, हङकङ र न्युजिल्यान्डमा एकएकजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेलायत र अमेरिकाबाहेक अन्य देशमा कोरोना संक्रमित नेपालीहरुको अवस्था सामान्य । अधिकांश निका भएर आराम गरिरहेका छन् । केही नपाली काममा फर्किका छन् ।

कतारमा पनि केही नेपालीमा कोरोनाको संक्रमण भएको पाइएको छ । तर, कतार सरकारको नीतिका कारण कति नेपाली संक्रमित छन् भन्ने जानकारी प्राप्त हुन नसकेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो ।

यसैबीच, बैशाख ४ गतेसम्म नेपालमा करिब २० हजारजनाको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ । पिसिआरबाट ७ हजार २४र्० यापिड टेस्ट किटबाट १२ हजार १९२ गरी जम्मा १९ हजार ४३२ परीक्षण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र देशभर पिसिआरबाट ३६९ वर्टा यापिड टेस्ट किटबाट ३ हजार २६३ परीक्षण गरिएको जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले हालसम्म ६९ वटा जिल्लार्मा यापिड टेस्ट किटबाट परीक्षण थालिएको बताए ।

मन्त्रालयका अनुसार देशभर ४९०१ क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै, देशभर कुल १०३ जना आइसोलेसमा छन् । तीमध्ये काठमाडौँमा ८ जना र काठमाडौँबाहिर ९५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer