२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

असिना, हावाहुरी र चट्याङसहित वर्षा हुने


बिर्तामोड, बैशाख ५ । शुक्रबार दिउँसो पूर्व र मध्यका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थान र तराईको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकाका कारण मौसम बदली भएको जनाइएको छ ।
पूर्वी र पश्चिमी क्षेत्र साथै मध्यका पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको भएको मौसमविदले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer