२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना अपडेट : ११८ दिनमा ५ लाख ५२ हजार भए निको


कोरोनालाई जितेकी एक चिनिया महिला चिकित्सकका साथ । तस्वीर: अलजजिरा

-हिमाल खरेल
बिर्तामोड, बैशाख ५ । कोरोना भाइरस संक्रमण फैलिएको ११८ दिनसम्म संसारभर ५ लाख ५२ हजार ७९० जना उपचारपछि निको भएका छन् । चीनको वुहान सहरबाट फैलिएर महामारीको रुप लिएको कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै निको हुने देशमा चीन पहिलो नम्बरमा छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार चीनमा हालसम्म ७७ हजार ९४४ जना निको भएका छन् । त्यहाँ ८२ हजार ६९२ संक्रमित छन् । प्रतिशतका हिसाबले चीनमा कुल संक्रमितमध्ये ९४ दशमलव २५८ प्रतिशत संक्रमितका सफल उपचार भएको छ ।

कोरोना संक्रमितको संख्या २१ लाख ८३ हजार ९२१ पुग्दा निको हुनेको संख्या ५ लाख ५२ हजार ७९० पुगेको हो । निको हुनेको संख्या कुल संक्रमितमध्ये २५ दशमलव ३१ प्रतिशत रहेको छ । निको हुने दोस्रो मुलुकमा जर्मनी छ । तर, संख्यात्मक हिसाबले धेरै निको हुने देशमा चाहिँ जर्मनी पर्छ । जर्मनीमा ८१ ८०० जना निको भएका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख ३७ हजार ६९८ जना छ ।

त्यस्तै, उपचारपछि निको हुने सूचीको तेस्रो स्थानमा स्पन छ । स्पेनमा ७४ हजार ७९७ जना निको भएका छन् । त्यहाँ १ लाख ८४ हजार ९४८ संक्रमित छन् । अमेरिकामा ५७ हजार ८४४ जना संक्रमित उपचारपछि निको भएका छन् । त्यहाँ ६ लाख ७८ हजार २१० संक्रमित छन् ।

इरानमा ५२ हजार २२९ जना निको भइसकेका छन् । त्यहाँ ७७ हजार ९९५ जना संक्रमित पुगेका छन् । इटलीमा ४० हजार १४ जना उपचापछि घर फर्किएका छन् । फ्रान्समा ३२ हजार ८१२ जना उपचारपछि निको भएका छन् । स्विजरल्यान्डमा १५ हजार ९००, ब्राजिलमा १४ हजार २६, क्यानडामा ९ हजार ७२९ र अस्ट्रियामा ८ हजार ९८६ जना निको भएका छन् ।

त्यस्तै, दक्षिण कोरियामा ७ हजार ८२९, बेल्जियममा ७ हजार ५६२, टर्कीमा ७ हजार ८९, पेरुमा ६ हजार १२०, अस्ट्रेलियामा ३ हजार ७४७, चिलीमा ३ हजार २९९, डेनमार्कमा ३ हजार २३ जना निको भएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ । यो संख्या उपचाररत र दयनीय अवस्थामा रहेका संक्रमितबाहेक हो । (नेपाली समयअनुसार मध्यान्न १२ बजेसम्मको अपडेट ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer