२०७८ बैशाख १० शुकर्बार
Jhapa Today
Adv top

गाईगोरु काट्ने नौ पक्राउ


झापा, बैशाख ५ । झापामा गाई काटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । दमक २ बेलडाँगी शरणर्थाी शिविरमा गाई काटिरेहको अवस्थामा दुईजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बेलडाँगी–२ हर्ट नम्बर २९५ सेक्टर नम्बर ‘ए’ का २६ वर्षीय सुनिल गुरुङ र बेलडाँगी–२ हर्ट नम्बर २०८ सेक्टर नम्बर ‘ए’ ३ का ३२ वर्षीय खगिन्द्र दुलाल रहेका छन् ।
बिहिबार राति गाई काटिरहेको भन्ने स्थानीयको सूचनाको आधारमा प्रहरीले छापा मार्दा दुईजनालाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, खोटाङमा गोरु काटेको आरोपमा ७ जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ–५ मयांखुमा गोरु काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने देशबहादुर सार्की, हीरा सार्की, सुवास सार्की, रविन सार्की, अमृत सार्की, सीता सार्की र लीलाबहादुर खड्का रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*