२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालमा थप तीनजनामा कोरोना संक्रमण


बिर्तामोड, बैशाख १० । बुधबार नेपालमा थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देखिएका तीनजना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना सक्रमण देखिएको हो । मन्त्रालयका अनुसार यी व्यक्तिहरुसँगै रहेका १३ जनालाई अघिल्लो हप्ता नै कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको उपचार भइरहेको छ ।

संक्रमित तीनजना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु हुन् । योसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेका छ भने नेपालमा कुल संक्रमितको संख्या ४५ पुगेको छ । हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उदयपुर अन्य जिल्लाभन्दा जोखिममा रहेकाले प्रदेश १ को समन्वयमा त्यहाँ स्वास्थ्यकर्मी परिचालन गरी परीक्षणको दायरा थप बढाइने बताए ।

उनले भने, ‘अन्यत्रभन्दा त्यहाँ थप जोखिम छ । जिल्लालाई सिल गरी परीक्षण बढाउने तयारीबारे छलफल भइरहेको छ।’ मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण भएको छ ।

हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ४० हजार ४ सय ३१ पुगेको छ । पिसिआरबाट ९ हजार ११ र आरडिटीबाट ३१ ह्जार ४ सय २० जनाको नमूना परीक्षण भएको हो ।

३५ संक्रमित हाल विभिन्न अस्पतालमा उपचाररत छन् । पाटन अस्पतालमा २, बागलुङ अस्पतालमा १, भरतपुर अस्पतालमा २, धनगढीमा २, विरगञ्जमा ४ र विराटनगरमा २४ जना संक्रमितको उपचार भइरहेको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

सबै जिल्लामा आरटिडी परिक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ९७, प्रदेश २ मा ३ हजार ९ सय २५, वागमतिमा ५ हजार ९ सय १५, गण्डकीमा ४ हजार २ सय ७२, प्रदेश ५ मा २ हजार ५ सय ९६, कर्णालीमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ जनाको नमूना परीक्षण गरेको छ ।

हाल काठमाडौं उपत्यकामा ३ र बाहिर ९२ गरी जम्मा ९५ जना आइसोलेसनमा छन् । ८ हजार ५ सय ९५ जनालाइ क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer