२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

लक डाउन पालना गराउन युवा परिचालन


बिर्तामोड, बैशाख १० । प्रहरी मात्रले लक डाउनको पूर्ण पालना गराउन नसकेपछि झापाका कतिपय स्थानीय तहहरुमा युवा सम्मिलित टोलीको संयन्त्र बनाएर परिचालन गरिएको ।

झापा सहरी क्षेत्रमा लक डाउन उल्लंघन हुने गरेको स्थानीय प्रहरीले जनाएको छ । बिर्तामोडमा टोलस्तरीय प्रहरी साझेदारी समिति गठन गरेर सडक र टोल अनुगमन गर्ने जिम्मा दिइएको छ ।

नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार खासगरी बिहान र साँझ घुम्न निस्कने मानिसहरुलाई त्यस्ता संयन्त्रले सम्झाइबुझाई गरेर घरमै बस्न आग्रह गर्नेछ ।

यस क्रममा बिर्तामोडको वडा नम्बर १ मा पाँचवटा ब्लक निर्माण गरी लक डाउनको पालना गराउन युवा परिचालन गरिएको छ । वडामा रहेका ३५ वटा टोल विकास संस्थाका प्रतिनिधि सहभागी हुनेगरी प्रहरी साझेदारी समिति गठन गरिएको पाण्डेले बताए ।

संयन्त्रका युवा सदस्यलाई प्रहरी अधिकृतले आवश्यक निर्देशन दिएका छन् । उनीहरु सोही निर्देशन अनुसार टोलटोलमा परिचालन भएका छन् । उनीहरुले टोलमा नयाँ मानिस आएमा निगरानी राख्ने, साँझबिहान मर्निङ वर्क गर्नेलाई घरमै बस्न सुझाव दिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer