२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गुरुङले दिए ठाकुरलाई खाद्यान्न


बिर्तामोड, बैशाख १० । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन अहिले मुलुक एक महिनादेखि लक डाउन छ । दैनिक ज्यालादारीमा काम गरेर जीविका चलाउने मात्र होइन अन्य नागरिक पनि संकटमा छन् ।

यही संकटलाई टार्न झापामा सामाजिक अगुवा महेन्द्रकुमार गिरीले ‘एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ’ अभियान सुरु गरेका छन् । अभियानको उद्देश्य एक हजार परिवारलाई राहत उपलब्ध गराउनु रहेको छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशकसमेत रहेका गिरीले विषम परिस्थितिमा झापाका कोही पनि नागरिक भोकभोकै मर्न नपरोस् भन्दै यो अभियान सुरु गरिएको बताए ।

यही अभियानबाट प्रभावित भएर झापा बिर्तामोड १ का पारस गुरुङले एक विपन्न परिवारलाई बुधबार राहत प्रदान गरेका छन् । बिर्तामोड १ मै कपाल काट्ने काम गर्दै आएका कालीचरण ठाकुरलाई उनकै घरमा पुगेर गुरुङले खाद्यान्न दिएका हुन् ।

कतिपय स्थानीय तहले एकद्वारा प्रणालीबाट राहत सामग्री वितरण गर्दा वास्तविक विपन्न परिवार अझै पनि समस्यामा रहेको छ । अभियानअन्तर्गत एक हजार परिवारलाई प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, तेल, नुन, साबुनलगायतका दुई हजार रुपैयाँको सामग्री प्रदान गरिने अभियान संयोजक गिरीले बताए ।

गुरुङले अर्काकै जग्गामा बस्दै आएका ठाकुरलाई अभियानअन्तर्गतकै सामग्रीहरु प्रदान गरेका थिए । यसअघि पनि इलामको माई नगरपालिकामा राहत सहयोग गरेका उनले अझै केही परिवारलाई खाद्यान्न प्रदान गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer