२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना अपडेट : ७ लाख २४ हजार भए निको


कोरोना भाइरसलाई जितेकी चीनकी ९८ वर्षीया हुका साथमा वुहानस्थित लाइसेनसान अस्पतालका चिकित्सक । हु कोरोनाबाट निको हुने बढी उमेरकी संक्रमित हुन् । तस्वीर: एसिया वायर

-हिमाल खरेल
बिर्तामोड, बैशाख ११ ।
कोरोना भाइरस संक्रमण फैलिएको १२४ दिनसम्म संसारभर ७ लाख २४ हजार २४२ जना उपचारपछि निको भएका छन् । चीनको वुहान सहरबाट फैलिएर महामारीको रुप लिएको कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै निको हुने देशमा जर्मनी पहिलो नम्बरमा छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार प्रतिशतका हिसाबले चाहिँ निको हुनेमा चीन अग्रस्थानमा छ । चीनमा कुल संक्रमितमध्ये ९३ दशमलव २४७ प्रतिशत संक्रमितको सफल उपचार भएको छ । चीनमा हालसम्म ७७ हजार २०७ जना निको भएका छन् । त्यहाँ ८२ हजार ७९८ संक्रमित छन् ।

कोरोना संक्रमितको संख्या २६ लाख ४८ हजार २५४ पुग्दा निको हुनेको संख्या ७ लाख २४ हजार २४२ पुगेको हो । निको हुनेको संख्या कुल संक्रमितमध्ये २७ दशमलव ३४७ प्रतिशत रहेको छ ।
संख्यात्मक हिसाबले धेरै निको हुने देशमा जर्मनी पर्छ । जर्मनीमा १ लाख ३ हजार ३०० जना निको भएका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ६६६ जना छ । त्यहाँ ६८ दशमलव ५६२ प्रतिशत निको भएका हुन् ।

त्यस्तै, उपचारपछि निको हुने सूचीको तेस्रो स्थानमा स्पेन छ । स्पेनमा ८५ हजार ९१५ जना निको भएका छन् । त्यहाँ २ लाख ८ हजार ३८९ जना संक्रमित छन् । अमेरिकामा ८४ हजार ५० जना संक्रमित उपचारपछि निको भएका छन् । त्यहाँ ८ लाख ४९ हजार ९२ जना संक्रमित छन् । त्यहाँ ९ दशमलव ८९८ प्रतिशत संक्रमित मात्र निको भएका छन् ।

इरानमा ६३ हजार ११३ जना निको भइसकेका छन् । त्यहाँ ८५ हजार ९९६ जना संक्रमित पुगेका छन् । इटलीमा ५४ हजार ५४३ जना उपचापछि घर फर्किएका छन् । त्यहाँ १ लाख ८७ हजार ३२७ जना संक्रमित छन् । फ्रान्समा ४० हजार ६५७ जना उपचारपछि निको भएका छन् । त्यहाँ १ लाख ५९ हजार ८७७ जना संक्रमित छन् ।

ब्राजिलमा ४६ हजार १८२ संक्रमितमध्ये २५ हजार ३१८ जना, स्विजरल्यान्डमा २८ हजार २६८ संक्रमितमध्ये १९ हजार ९००, टर्कीमा ९८ हजार ६७४ संक्रमितमध्ये १६ ४७७, क्यानडामा ४० हजार १९० संक्रमितमध्ये १३ हजार ९८६ र अस्ट्रियामा १५ हजार २ जना संक्रमितमध्ये ११ हजार ६९४ जना निको भएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ । यो संख्या उपचाररत र दयनीय अवस्थामा रहेका संक्रमितबाहेक हो । (नेपाली समयअनुसार दिउँसो ०३:०० बजेसम्मको अपडेट ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer