२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालमा कोरोना सङ्क्रमित ४७ पुगे


झापा, बैशाख ११ । नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बिहीबार २ जना कोरोना संक्रमित थपिएका छन् । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ पाइएको हो ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निको हुनेको संख्या ९ पुगेको बताए। पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर घर फर्केको उनले जनाएका हुन्।

बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन्। क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer