२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भोजपुरमा भेटिए कोरोना संक्रमित


बिर्तामोड, बैशाख ११ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार साँझ थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको डा. अधिकारीले जानकारी दिए।

यसअघि आजै जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा पनि कोरोना संक्तमण देखिएको थियो। त्यस्तै आजै संक्रमितमध्ये ३ जना निको भएर घर फर्किएका छन्। बिहीबार साँझसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer