२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

विशालले दिँदैछन् धिमाललाई चामल


बिर्तामोड, बैशाख ११ । बिर्तामोडका युवा व्यवसायी विशाल अग्रवाल विपदका बेला मात्र राहतको पोको बोकेर हिँड्दैनन् । ईश्वर ट्रेडिङका सञ्चालक उनी साँझबिहान छाक टार्न धौधौ परेका परिवारलाई खाद्यान्न दिँदै आएका छन् ।

त्यसैका एउटा उदाहरण हुन्, नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाल । धिमाललाई विशालले चार वर्षयता मासिक १ बोरा चामल उपलब्ध गराउँदै आएका छन् । एक दशकदेखि रिक्सा चलाउन छोडेपछि मागेर दैनिक जीवन चलाउने धिमाललाई लक डाउनका कारण अग्रवालले बैशाखको सुरुमै चामल पु¥याउन सकेनन् ।

नसकेपछि धिमालले पनि स्थानीय सरकारले दिने ५ केजी चामल राहतमा थापिन् । तर, ५ केजी चामल पनि सकिएको थाहा पाएपछि अग्रवालले बिहीबार एक बोरा चामल धिमालको घरमै पु¥याइदिएका छन् । आफ्नो बुवाको निधनपछि धिमाललाई सहयोगस्वरुप उनी जीवित रहुञ्जेल चामल उपलब्ध गराउने अग्रवालको भनाइ छ ।

रिक्सा कुदाएर जीवनको ऊर्जावान समय बिताएकी धिमालको सहारामा एकजना अपांगता भएका छोरा छन् । उनको कमाइले घर धान्न गाह्रो भएपछि केहि वर्षेदेखि माग्दै हिँड्ने गरेकी छन् । चामलको व्यवस्था भएपछि उनलाई हरेक दिन नुन, तेल र तरकारीको समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer