२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नेप्लिज टिन्सद्वारा ६७ परिवारलाई राहत, अभियान जारी रहने


बिर्तामोड, बैशाख १२ । नेपाली किशोर र युवा उमेर समूहको ठुलो सञ्जाल भएको संस्था नेप्लिज टिन्सले हालसम्म ६७ परिवारलाई खाद्यन्न वितरण गरेको छ ।

सामाजिक सेवामुलक उक्त संस्थाका अध्यक्ष मनिषजङ्ग बस्नेतका अनुसार नेपालमा लक डाउन सरु भएको पहिलो साताबाटै नेप्लिज टिन्सले राहत वितरण गरेको थियो । विपन्न तथा दैनिक ज्यालादारी गर्ने मानिसको रोजगारी गुमेपछि संस्थाले आर्थिक संकलन सुरु गरेको बस्नेतले बताए ।

संस्थाले अर्जुनधारा नगरपालिका क्षेत्रमा ६२ परिवार र बिर्तामोड नगर क्षेत्रमा बसोबास गर्ने ५ विपन्न परिवारलाई राहतस्वरुप खाद्यन्न वितरण गरेको हो । संस्थाले मानिसलाई मात्रै नभई लक डाउनका बेला भोकै रहेका ३५ वटा सामुदायिक तथा सडक कुकुरलाई २५ दिनयता बिस्कुट दिइरहेको बस्नेतले जानकारी दिए । कुकुरलाई बिस्कुट वितरण निरन्तर रहने बताइएको छ ।

त्यस्तै, संस्थालाई सहयोगबापत प्राप्त ८०० थान मेडिकल मास्क प्रहरीलाई वितरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी, इलाका प्रहरी अनारमनी र सशस्त्र प्रहरी शनिश्चरेलाई मास्क हस्तान्तरण गरिएको हो ।

त्यस्तै, ग्लोबल आइएमइ बैंक बिर्तामोड शाखाबाट मोबाइल रिचार्ज, इसेवामा ब्यालेन्स ट्रान्सफर, आइएमइ पे र इन्टरनेटको बिल भुक्तानीका लागि स्थानीयलाई सहयोग गर्न संस्थाले भूमिका खेल्दै आएको छ ।

लक डाउनका बेला खासगरी किशोरकिशोरी तथा युवावर्गमा उत्पन्न हुनसक्ने मानसिक तनावलाई मध्यनजर गर्दै स्थानीय तथा राष्ट्रिय कलाकारलाई अनलाइन लाइभमार्फत प्रस्तुत गरिँदै आएको उनले बताए । सो उमेर समूहका सदस्यलाई पुनर्ताजगी दिन लाइभ कार्यक्रम सञ्चालन गरिएको हो ।

त्यस्तै, डेरामा बस्दै आएका विद्यार्थीलाई लक डाउनका बेला समस्या नहोस् भनेर संस्थाले कोठासम्मै आवश्यक सामग्री पुर्याइदिने गरेको छ । राहत सहयोगलाई निरन्तरता दिने जनाएको नेप्लिज टिन्सले सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer