२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालमा १६ जनाले जिते कोरोना


झापा, बैशाख १४ । आज थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १६ पुगको छ ।

आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चारजना संक्रमित निको भएर घर फर्किएका छन् । आलसम्म बागमती प्रदेशका ६, सुदूरपश्चिम प्रदेशका ४ र गण्डकी प्रदेशका २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए ।

आइतबार डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५ औँ दिनमा डिस्चार्ज भएका हुन् । हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्समध्ये ३५ जना उपचाररत छन् । आइतबार वीरगञ्जमै २ जनामा संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer