२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा थप १ जनामा कोरोना


झापा, बैशाख १४ । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी झापा बाह्रदशीका ५० वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।

झापामा यसअघि दमक ३ का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।

कोसी अस्पताल विराटनगरको ल्याबमा उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । हाल उनी अस्पतालमा रहेको र स्वस्थ रहेको मन्त्रालयले जनाएको छ । बाह्रदशीको मुस्लिम समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । उनी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer